समाचार

सत्यवतीका पहिरो पीडितलाई बालयोगेश्वर फाउण्डेशनद्वारा राहत सामाग्री तथा नगद सहयोग

गुल्मीन्युज
गुल्मी, साउन १४ । गुल्मीको सत्यवती गाउँपालिका वार्ड नं ३ र ४ का पहिरो पीडितलाई बालयोगेश्वर फाउण्डेशनले राहत सामाग्री बितरण गरेको छ । गत साउन ७ गते बर्षासँगै गएको भीषण पहिरोमा पारी घरबार बिहिन बनेका पीडितहरुलाई मंगलबार फाउण्डेशनका संस्थापक वालयाेगेश्वर महाराजद्वारा गाउँपालिकाको वार्ड नं ४ लिम्घाका पहिरोपीडितलाई जिन्सी तथा नगद हस्तान्तरण गरिएको हो ।

सहयोग वार्ड नं ४ स्थित राहत संकलन समितीलाई हस्तान्तरण गरिएको फाउण्डेशनका बिपिन थापाले बताए । त्यस्तै थप राहत सामाग्री तथा नगद वार्ड नं ३ ठुलोलुम्पेकका लागि गाउँपालिका अध्यक्ष पारिश्वर ढकाललाई हस्तान्तरण गरिएको पनि थापाले बताए ।

रिडिमा आयोजना हुन लागेको महायज्ञको लागि आएको फाउन्डेशनको टोलीले सत्यवतिको बिपत्ती प्रति दु:ख व्यक्त गर्दै घरदैलो कार्यक्रम चलाएर राहत संकलन गरेको फाउण्डेशनले जनाएको छ ।

सत्यवती गाउँपालिका पहिरोबाट ३ र ४ मा झण्डै चार सय परिवार बिस्थापित भएका छन् । अहिले चार सय परिवारको १२ सय ६० जनालाई विभिन्न बिद्यालयहरुमा राखिएको छ ।

दुई स्थानमा गरेर १७ वटा घर, ६१ वटा गोठ, ३६ वटा शौचालय पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । आशिंक क्षतीमा १८ वटा घर, २३ वटा गोठ, १८ वटा शौचालय रहेको जिल्ला प्रशासन कार्यालयका अधिकृत लक्ष्मण पाण्डेले बताए । पहिरोमा पशु चौपाय तर्फ २८ वटा भैसी, एउटा गाई, ६७ वटा बाख्रा, दुई सय १९ वटा कुखुरा र १९ वटा बंगुर मरेको प्रारम्भिक तथ्याङ्क संकलन भएको पाण्डेयले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D