समाचार

सडकमा फोहोर फाल्ने मुकेशले तिरे १५ हजार रुपैँया जरिवाना

पोखरा, जेठ ३१ । पोखरा महानगरपालिका वडा नम्बर ९ शान्ति वनमार्गको सडकमा फोहोर फाल्दै गर्दा भेटिएका मुकेश कुमार शाहलाई १५ हजार रुपैँया जरीवाना तिराइएको नयाँ पुस्ता डट कमले खबर छापेको छ ।

बुधबार बिहान करिब ६ बजे सडकमा फोहोर फाल्दै गर्दा भेटिएपछि शाहलाई फालेको फोहोर फिर्ता लैजाने र फेरि फोहोर नफाल्ने प्रतिवद्धता गराई वडा कार्यालयले १५ हजार रुपैँया जरीवाना तिराएको हो ।

यो खबर बारे अहिले सामाजिक सञ्जालमा निकै चर्चा भईरहेको छ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D