समाचार

संविधानको सफल कार्यान्वय गर्यौ: मन्त्री ज्ञवाली

सरकारले डिपीसी गर्‍यो अब गाह्रो लगाउँछ

टोपलाल अर्याल
गुल्मी, ४ असोज । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले ८ महिनामा सरकारले संविधानको सफल कार्यान्वयन गरेको बताए । उनले संविधानको कार्यान्वयन नै सरकारको डिपीसी भएकाले अब गाह्रो लगाउँदै जाने बताए । गुल्मीको मुसिकोट नगरपालिकाले गुरुयोजना निर्माण गर्न आयोजना गरेको बौद्धिक सम्मेलन तथा वामी सेवा समिति जापानले प्रकाशन गरेको सन्देश भाग–३ पुस्तकको बिमोचन गर्दै ज्ञवालीले अबको तीन बर्षमा अतिअल्पविकशितबाट बिकाशिल र १२ बर्षमा मुलुकलाई मध्यम आएको भएको मुलुकको सुचीमा पु¥याउने बताए ।

साथै उनले त्यसको लागि सरकारले तीनवटै सरकारको व्यावस्थापन गर्दै अल्प, मध्ये र दिर्घकालिन योजना अगाडी बढाएको बताए । ‘एकातिर दुई तिहाई सरकार र अर्कोतिर जनताका तिव्र आशा र अपेक्षा छन्,त्यसलाई मर्न दिदैनौ,’ उनले भने,‘ आवश्यक परे संविधान संसोधन गर्छौ । मन्त्री ज्ञवालीले मुसिकोट नगरपालिकाले तयार गरेको ‘कृषी, पर्यटन, पुर्वाधार र रोजगार मुसिकोट समृद्धिको आधार’ भन्ने नारासंग हरेक नागरिकको सपना र भावना जोडिएकाले देशमा अरु स्थानीय तहले अनुशरण गर्न योग्न गुरुयोजना निर्माण गर्न सुझाव दिए ।

भ्रष्टचारी र अपराधी उम्कदैनन्
गुल्मी क्षेत्र नं १ का सांसद समेत रहेका ज्ञवालीले सरकारको अवसको मिसन भ्रष्टचारी, अपराधी र काम नगर्ने ठेकेदारलाई तह लगाउने रहेको बताए । अहिले पनि देश राज्यको सम्पती दोहन गर्ने भ्रष्टचारी, समाजमा बितण्डा मच्याउने अपराधीहरु र काम नगर्ने ठेकेदारहरुको चंगुलमा फसेकाले त्यसको बिरुद्धमा रहेको उनले बताए । ‘सुगममा कार चढेर दुर्गमका बाटा र पुल नबनाउने ठेकेदार, हत्या हिंसा र बलात्कार गर्ने अपराधी र घुस माग्ने घुसखोरी खोजेर कारबाहि गरेका छौ,’मन्त्री ज्ञवालीले भने,‘अव पार्टीको कार्ड देखाएर उन्मुक्ति पाइदैन् ।’

सरकारको बिरुद्धमा नकरात्मक मनोबिज्ञान
मन्त्री ज्ञवालीले नेतादेखि कार्यकर्तासम्म नकरात्मक मनोभावना विकास भएको बताए । ‘नेताले पनि केहि हुँदैन र गर्न सकिदैन की भन्ने, छिटो प्रतिफल खोज्ने कार्यकर्ता दुवैमा निराश र हिनताबोध छ,’उनले भने, दरिलो आत्मविश्वासको खाँचो छ ।’ उनले पहिले बाँदर लर्कने भीरमा अहिले गाडी कुद्नु, स्विच दवाए बत्ती बल्नु, १० हजारको विकास माग्न सिंह दरवारको ढोका घचघच्यान नपर्नुनै परिर्वतन भएकाले हतास र आवेगका सरकारको गलत टिप्पणी नगर्न आग्रह गरे ।

छोटो समयमा पनि केन्द्रि सरकारले स्थानीय र प्रदेश सरकारको व्यावस्थापन, नमुना कानुन निर्माण, १६ वटा मौलिक हक पारित, थुप्रै देशसंग आपसी सम्बन्ध बिस्तार र आर्थिक व्यापारीक सम्झौता गरेकाले विश्व समुदायको ध्यान नेपालप्रति बढ्दै गएको ज्ञवालीले बताए ।

बौद्धिक सम्मेलन दुई दिन
मुसिकोट नगरपालिकाले आयोजना गरेको बौद्धिक सम्मेलनमा नवलपुर प्रतिनिधी सभा सदस्य तिलक महत, ५ नं प्रदेश बिशेषाधिकार समिति संयोजक कमलराज श्रेष्ट, सांसद खडग केशी, दिनेश पन्थी तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीको सचिव बिष्णु कुमारी सापकोटाले कार्यक्रममा संबोधन गरेका थिए । कार्यक्रममा नगरपालिकाका मेयर सोमनाथ सापकोटा र प्रमुख प्रसासकीय अधिकृत घनश्याम न्यौपानेले नगरपालिकाको कार्यप्रगतिको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा सम्मेलन आयोजक समितिका संयोजक प्रकाश काफ्लेको संचालनमा रहेको थियो । पहिलो दिन उद्घाट तथा विभिन्न समिति गठन र कार्यपत्र प्रस्तुत गरिने र सोमबार बिहान ७ बजेबाट राय सुझाव संकलन गरि घोषणा पत्र जारी गरिने आयोजकले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D