अपराध

श्रोत नखुलेको ३१ लाख रुपैँया सहित २ जना पक्राउ

काठमाडौं, ९ जेठ । श्रोत नखुलेको ३१ लाख नेपाली नगद सहित काठमाडौं महानगरपालिका-३१ बाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर जगाती बस्ने ५० वर्षीय राजभाई सञ्जु र झापा चारपाने घर भई हाल काठमाडौं सिनामंगल बस्ने ३३ वर्षीय अभिषेक सादा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा.१४ च ८९५९ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाईएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D