अपराध

श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक पक्राउ

गुल्मीन्युज
बर्दिया, १३ असार । आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बर्दिया जिल्ला मधुवन नगरपालिका वार्ड नं ९ बस्ने ५० वर्षीय केशर बहादुर देशुवा मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
मगरलाई आफ्नी ४५ वर्षीया श्रीमती दिलमाया देशुवा मगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले बताएको छ ।

कुटपिट गर्दा बेहोश भएकी दिलमायाको जिल्ला अस्पताल बर्दियामा उपचारको क्रममा मृत्यु भएपछि प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले केशरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker