बिचार

विश्वास गुमाउँदै राजनीतिक दल

हुमाकान्त पोखरेल
अहिले सिङ्गो विश्व कोरोनाविरुद्धको लडाइमा केन्द्रित छ । नेपाल पनि विगत ३१ औं दिनदेखि लकडाउनमा छ । सरकारले सबै नागरिकलाई घरभित्रै बस्न र अत्यावश्यक कामबाहेक घरबाहिन ननिस्कन आग्रह गरेको छ । सरकारको यो कुरामा प्रमुख प्रतिपक्षि दल लगायत देशका सबैजसो नागरिकले साथ दिएका छन् । नागरिक आफ्नो सबैजसो समय कोरोनाबारे नयाँ जानकारी लिनमा बिताइरहेका छन् । जस्तो भनौं, पत्रकारले कोरोनासँग सम्बन्धित समाचार लेख्न । सरकारी अधिकारीले राहत वितरण, डाक्टरले उपचार गर्न तथा अन्य नागरिकले अनलाइन हेर्न, रेडियो सुन्न, टिभि हेर्न आदि । फेसबुक खोले कोरोना, ट्विटर खोला कोरोना । जताततै कोरोनाकै चर्चा छ । मानिसहरु कोरोनालाई रोकथाम तथा नियन्त्रण गर्ने उपायका बारेमा सोचिरहेका छन् । सरकारको आग्रहलाई सहर्ष स्वीकारेका छन् । तर तिनै नागरिकले जिताएर पठाएका भनौं वा नागरिकसामु राजनीतिक दलको खोल ओढेर आएकाहरुले भने अहिले अनेक विषयवस्तुहरु निकालिरहेका छन् ।

अहिलेको यो समय सडकदेखि संसदमा कोरोना नियन्त्रणकै लागि खर्च गर्नुपर्ने समय हो । तर हाम्रा राजनीतिक दल भने अर्कै खेलतिर व्यस्त छन् । जनतासामु राजनीतिक दलको रुप धारण गरेर देवतासरी आउने दलहरु उनै नागरिकलाई दुःख पर्दा भने आफ्नो छुट्टै खुसि ल्याउन खोजेका छन् । विगत दुई दिनदेखि देशमा कोरोना भन्दापनि राजनीतिक अध्यादेशको चर्चा बढी छ । प्रधानमन्त्रीले द्रुत गतिमा ल्याएको अध्यादेशले सिङ्गो देश तरङ्गित बनेको छ । राजनीतिक दलका नेतादेखि कार्यक्रतासम्म अचम्मित छन् । यस विधेयकले गर्दा अहिले प्रधानमन्त्री केपि ओली निकै विवादमा छन् । सरकार विवादमा परेको छ । नेपाल कम्युनिष्ट पार्टी नै विवादमा परेको छ । नागरिकमा निराशा छाएको छ र्। कोरोनाविरुद्धको यो महामारिमा सबै राजनीतिक दल तथा देशका सबै सयंत्रलाई साथमा लिएर लडाई जित्नुपर्ने यस अवस्थामा अनेक थरीका विधेयक ल्याउनुमा व्यक्तिगत स्वार्थ रहेको पुष्टि हुन्छ ।

केपि ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा भारतले गरेको नाकाबन्दी विरुद्ध डटेर सामना गरेका कारण उनको उचाई चुलिएको थियो । अहिले झण्डै दुईतिहाई नजिकको सरकार बन्नुमा उनको ठुलो योगदान छ । त्यो समयको अडान र कार्यक्षमताले गर्दा मानिसहरु स्वतस्फूर्त रुपमा कम्युनिष्ट भएका थुप्रै उदाहरण छन् । म सातमहिना अगाडी बुटबल मणिग्राम पुगेको थिए । एकजना व्यापारीले भन्दै थिए, ‘अघिल्लो पटक प्रधानमन्त्री हुँदा गरेको कामले गर्दा म काङ्ग्रेस छोडेर अहिले गठबन्धनमा भोट हाने । तर सरकारको कामले निराश बनाइदियो ।’ उनी त एउटा प्रतिनिधि पात्र मात्रै हुन् । स्थायी सरकारको आशामा भोट हानेका उनीजस्ता धेरै नागरिकको भोटको दुरुपयोग भइरहेको छ । ओलीका सहयोगीले अध्यादेशको यो परिस्थितिमा कसरी औचित्य स्थापित गर्न सकिन्छ भनेर सोचे, विश्लेषण गरे र ओलीलाई यो कदम चाल्न सिफारिस गरे भन्ने विषयमा सोच्ने हो भने उनका सहयोगी समूहको कार्यदक्षता, कार्यक्षमता, र निर्णय क्षमतामाथि प्रश्न उठ्छ । कोरोनाको महामारीको बीचमा यो अध्यादेश ल्याएर जनअभिमतमा सरकार रक्षात्मक स्थितिमा धकेलिएको छ । पुर्ताल गर्न नसकिने क्षय भएको छ, ओलीलाई । ओली निकम्मा सल्लाहकार र सहयोगीले घेरिएका छन् भन्ने फेरि पनि प्रमाणित भएको छ । यो सहयात्रीको समूह रहे ओली झनै पङ्गु बन्नेछन् । त्यसैले बेलैमाथि सचेत बन्नुपर्छ ।

काङ्ग्रेसले पनि देशमा अधिकाशं समय शासन ग¥र्यो । तर सभmनलायक केहि बाहेक राष्ट्रियताको पक्षमा कुनै उपलब्धि देखिएन । केहि भएका राम्रा कामको पनि प्रचार हुन नसक्दा सबै ओझेलमा परे । अन्तत ः सबै निराशामा परिणत भयो । अहिलेका प्रमुख प्रतिपक्ष दलका नेता त चारपटक सम्म देशको प्रधानमन्त्री भइसके । मन्त्री वा उच्च ओहोदाको स्वाद नचाखेका नेता पनि काङ्ग्रेसमा कमै छन् । तर केहि व्यक्तिको कार्य बाहेक अन्यको उपलब्धिपूर्ण देखिएन् । अहिले पनि प्रतिपक्षिले राम्रोसँग प्रतिपक्षिको भूमिका निर्वाह गर्न सकेको छैन । १०४ बर्षे राणशासन अन्त्य गर्दै २००७ साल फागुन ७ मा प्रजातन्त्र आयो र प्रजातान्त्रिक युगको थालनी भयो । त्यसबेलादेखि हामी नेपालीहरुमा नयाँ आशा छाएको थियो । पछि विपि कोइरालाको नेतृत्वमा काङ्ग्रेसको दुई तिहाईको सरकार बन्यो । तर उल्लेख्य उपलब्धि देखिएन । बरु पौष १ गते तत्कालिन राजा महेन्द्रले शासन व्यवस्थामाथि नै ‘कु’ लगाइदिए । यसबाट पनि काङ्ग्रेसले कुनै पाठ सिकेको पाइएन । यस कारण पनि काङ्ग्रेसले आम नागरिकसामु आफ्नो विश्वास गुमाइसकेको छ ।
भारतको सिमाना भएको हुनाले नेपालको तराई क्षेत्र कोरोनाको उच्च जोखिममा छ । मधेसमा उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ । तर मधेसकेन्द्रित दलहरु भने पार्टी एकताको बाटोमा छन् । सधैभरी मधेसको नाममा राजनीति गर्ने, देशको उच्च ओहोदामा पुग्ने अनि उनै नागरिकलाई अप्ठ्यारो पर्दा साथ नदिनेलाई कसरी विश्वास गर्नु ? पार्टी एक हुनु राम्रो पक्ष हो, तर दलहरु अर्कै गर्छन । अब मधेसकेन्द्रित दलहरुबाट पनि स्वयम् मधेसका जनताले आशा गर्ने कुनै ठाउँ छैन ।

पछिल्लो समय नेपाली नागरिकहरु कुनै दलविशेष भन्दापनि कुनै स्वतन्त्र रुपले हिडेको समुह मन पराउन थालेका छन् । न्यूज २४ का एकजना पत्रकारको आत्महत्या प्रकरणमा सञ्चारकर्मी रवि लामिछाने पक्राउ परे । चितवनमा उनको रिहाई तथा सरकारको विरोधमा ठुलो जनमतमा नारावाजि चल्यो । अहिले ज्ञानेन्द्र शाहि तथा राजावादी समुहले नेपालमा प्रभुत्व जमाउन खोजेको देखिन्छ । यसको मुल कारण कुनै पनि राजनीतिक दलहरुले नागरिकलाई बाडेका सपना पुरा हुन नसक्नु हो । दलहरुले आफ्नै कार्यक्रता वा व्यक्तिगत स्वार्थका लागि काम गर्दा नागरिकहरुमा दलहरुप्रति अविश्वास बढ्दै गइरहेको छ ।

राजनीतिक दलहरुले केन्द्रमा गरेका गतिविधिका कारण स्थानीय सरकारले गरेका काम समेत आझेलमा परेका छन् । त्यसकारण सबै दलहरु सच्चिन जरुरी छ । नागरिकमा गुमाउदै गएको आफ्नो विश्वास फेरी जगाउन सक्नुपर्छ । कोरोना संक्रमण फैलिरहेको यस अवस्थामा सबै दलहरुले नागरिकको सुरक्षामा ध्यान दिनु आवश्यक छ । फेरि पनि शासन गर्ने मन भए महामारिको यो विपद्मा राम्रोसँग काम गर्नुपर्छ । भुकम्प गएको आज पाचँ बर्ष पुगेको छ । तर दल तथा राज्यसंयन्त्रको कमजोरीका कारण अझै पनि लाभग्राहीले राहत पाउन सकेका छैनन् । यी र यस्ता कच्चा कामले गर्दा नेपाली राजनीति धमिलिएको छ । यसलाई सफा काम पनि दलहरुकै हो । त्यसैले धमिलिएको नेपाली राजनीतिलाई सफा गर्दै एकबद्ध भएर स्वच्छ मन र दृढ विश्वास लिएर जनतामाझ गएमा सच्चिने अझै समय छ ।

(लेखक पोखरेल विगत पाचँ बर्षदेखि गुल्मीमा सक्रिय पत्रकारिता गर्नुहुन्छ ।)

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D