अपराध

विवाहको एक महिना नपुग्दै फेरी अर्की युवतीले ज्यान हालिन

प्रेम सुनार
गुल्मी, फागुन ४ । गुल्मीमा प्रेमीको साईवर आतंकबाट एक युवतीले ज्यान हालेको तिन दिन नवित्दै छिमेकी जिल्ला पाल्पामा विवाह भएको एक महिना नवित्दै फेरी अर्की महिलाले ज्यान हालेकी छन् ।

ईलाका प्रहरी कार्यालय वुटवलका प्रमुख डिएसपी केशव भट्टराईका अनुसार हिजो साँझ वुटवल ट्राफिकचोक स्थित वुर्तिबाङ्ग होटलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी तानसेन नगरपालिका वडा नम्वर ३ कि १९ वषिैया राधिका न्यौपानेले विवाहको एक महिना नपुग्दै ज्यान हालेकी हुन् ।

उनले त्यस होटलमा श्रेया नेपाल नाम लेखाउँदै हिजो विहान १० ÷११ बजेको समयमा कोठा बुक गरी बसेको र साँझपख मृत फेला परेकी थिईन । त्यस प्रहरी कार्यालयका प्रहरी निरीक्षक भिम भट्टराईका अनुसार वुटवल–५, गोलपार्क उनको माईती घर भएको र उनका माईतीजनले गत फागुनमा उनको पाल्पामा विवाह भएको बताएका छन् ।

उनि तिन दिन अघि मात्र माईती घरबाट हराएकी थिईन । प्रहरी निरीक्षक भट्टराईले पाल्पामा रहेका पाण्डे थरका उनका श्रीमानलाई बोलाईएको र उनि आए पछि मात्र थप कुरा खुल्ने बताए । घटनाबारे अनुसन्धान भई रहेको उनले जानकारी दिए ।

यि दुई घटनाले कतिपयको प्रेम सम्वन्ध र बैबहिक सम्वन्ध सुरुवात कुलक्षणको सुचक बन्न पुगेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D