gulminews logo
शुक्रबार, २०८१ बैशाख २१

विद्यार्थीको आकर्षण बढाउन बस सन्चालन गर्दै गुल्मीका सामुदायिक विद्यालय

हुमाकान्त पोखरेल
गुल्मी, २४ वैशाख । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गुल्मीका सामुदायिक विद्यालयहरुले बस सेवा संचालनमा ल्याएका छन् । अधिकाशं सँस्थागत विद्यालहरुले मात्र बस सेवा संचालनमा ल्याइरहेका बेला विद्यार्थीको आकर्षण बढाउन जिल्लाका तीनओटा सामुदायिक विद्यालयहरुले बस सेवा संचालनमा ल्याएका हुन् ।

छत्रकोट गाउँपालिका ४ दिगामस्थित आदर्श माध्यमिक विद्यालय, रेसुगां नगरपालिका १ स्थित महेन्द्र नमुना माध्यमिक विद्यालय र रेसुगां नगरपालिका ८ स्थित सिद्धबाबा माध्यमिक विद्यालयले बस सेवा संचालनमा ल्याएका हुन् । तीनओटै विद्यालयले यसै शैक्षिक सत्रदेखि सेवा सुरु गरेका हुन् । आदर्श माविले कुल ४१ सिट क्षमताको बस खरिद गरेको छ । बसमा एकातर्फ दुई र अर्कोतर्फ तीन सिट रहेका छन् । टाटा कम्पनीको ७१२ मोडलको बसको कुल लागत २९ लाख लागेको प्रध्यानाध्यापक गुणकर ज्ञवालीले जानकारी दिए । जसमध्ये गाउँपालिकाले १५ लाख, स्थानीय चन्दादाता तथा पूर्व विद्यार्थी मञ्चले तीन लाख प्रदान गरेको छ । भने अन्य रकम चन्दादाता तथा आन्तरिक श्रोतबाट व्यवस्थापन गरिने प्रध्यानाध्यापक ज्ञवालीले जानकारी दिए ।

भर्खरै खरिद गरेकोले त्यसको संचालन कार्यविधि बनाइदै गरेको विद्यालयले जनाएको छ । तर हाललाई त्यसको व्यवस्थापन समिति गठन गरेर संचालन गरिएको छ । बसले विद्यालयभन्दा पाचँ किलोमिटर सम्म टाढाको विद्यार्थीहरु ल्याउने लक्ष्य लिएको छ । छत्रकोट गाउँपालिका ५ को मनभाग बजारबाट वडा नम्बर ४ अघाँ, सोहि वडाकै सातमुरे, बुहा, मौलिपुर, बोखर लगायतका क्षेत्रबाट विद्यार्थी ल्याउने विद्यालयले जनाएको छ । बसबाट झण्डै एक सय ५० विद्यार्थी लाभाम्बित हुने प्रध्यानाध्यापक ज्ञवालीले बताए । ‘टाढाटाढासम्मबाट विद्यार्थी आउछन्, त्यसैमाथि पहाडमा उकालो–ओरालो हुँदा विद्यार्थीलाई धेरै गाहे भयो ।’ उनले भने, ‘पढाइमा सहजता ल्याउन बस सेवा संचालन गरेका हौँ ।’ तर बसको संचालन खर्च भने विद्यार्थीसँगबाट उठाउने तयारी भइरहेको उनले बताए ।

एकै विद्यालयमा दुईवटा बस
रेसुगां नगरपालिका १ स्थित महेन्द्र माध्यमिक विद्यालयले दुईवटा बस सेवा संचालनमा ल्याउने तयारी गरेको छ । एउटा बस विद्यालय आफैले खरिद गर्ने र अर्को बस भारतिय राजदुतावासले प्रदान गरेको छ । राजदुतावासले प्रदान गरेको बस वैशाख १६ गतेबाट संचालनमा आएको छ । भने विद्यालयले किन्ने बस पनि वैशाखभित्रै संचालनमा ल्याइने प्रध्यानाध्यापक केशर बहादुर थापाले जानकारी दिए । विद्यालयले खरिद गरेको बस अनाउञ्जेलसम्म भाडाको बस सेवा संचालनमा ल्याइएको छ ।

विद्यालयले खरिद गर्ने बस विद्यालयसम्म आउदा २५ लाख लागत पर्ने उनले बताए । ‘विगत ३÷४ बर्षदेखि नै अभिभावकले स्कूलबसको माग गर्नुभएको थियो ।’ उनले भने, ‘यो बर्षदेखि संचालन ग¥र्यौ ।’ बस सेवाले टाढा तथा बजार क्षेत्रका विद्यार्थीहरुलाई धेरै फाइदा पुगेको उनले बताए । पढ्नकै लागि विद्यार्थी सदरमुकाम बस्न थालेकोले गाउँ रित्तो हुन थाल्यो भन्ने गुनासो आएको पनि उनले बताए । बसले प्ले ग्रुपदेखि कक्षा नौ सम्मका विद्यार्थीलाई फाइदा पुग्नेछ ।

बजार क्षेत्रका साथै सिमिचौर र नेटासम्म बस सेवा संचालन हुने शिक्षक शालिक पन्थीले बताए । त्यसका साथै अर्घाखाँचीको देउरालीसम्म पनि बस सेवाको माग भएको उनले बताए । बस सेवा संचालनमा आएसँगै विद्यालयमा विद्यार्थी संङ्ख्या पनि थपिएका छन् । गत बर्षभन्दा अहिले १७५ जना विद्यार्थी थपिएको पन्थीले बताए । बस चढेबापत त्यसको संचालन खर्चको लागि विद्यार्थीले मासिक चार सय देखि आठ सयसम्म शुल्क लाग्ने उनले बताए । सिद्धबाबा माध्यमिक विद्यालयमा पनि यसै आर्थिक बर्षदेखि बस सेवा संचालनमा आएको छ ।

बसले बजार क्षेत्रभित्रका विद्यार्थीहरुलाई पु¥र्याउने प्रध्यानाध्यापक डोर विक्रम श्रीसले जानकारी दिए । ‘बजारमा धेरै भिडभाड हुन्छ, विद्यार्थीहरु असुरक्षित हुने सम्भावना बढ्यो ।’ उनले भने, ‘बिहानी र दिवा कक्षाका विद्यार्थीहरुलाई लक्षित गर्दै बस सेवा संचालनमा ल्याएका हौँ ।’ कुल २९ लाख लागत लागेको बसलाई विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, चन्दादाता लगायतले सहयोग गरेको प्रध्यानाध्यापक श्रीसले जानकारी दिए ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D