समाचार

विदेश जानेहरुलाई खुशीको खबर: अब प्रहरीको सिफारिस प्रदेशबाटै

प्रेम सुनार
गुल्मी, साउन १४ । श्रम रोजगकार तथा सामाजिक विकास मन्त्री गोकर्णराज बिष्टे केहि दिन अघि गरेको घोषणा कार्यन्वयन भोली देखि हुने भएको छ । हाल सम्म विदेश जाने युवाहरुले आफ्नो चारित्रित प्रमाण प्रमाण पत्र लिन राजधानीको प्रहरी प्रधान कार्यालयमा धाउँदा निकै झण्झटीलो खर्च बढि खर्चमा पर्नु पर्दथ्यो ।

त्यसबाट राहत प्रदान गर्न मन्त्री बिष्टले भोली देखि नै प्रदेश स्तर बाटै उक्त सेवा उपलव्ध गराउन निर्देशन दिएको उनका स्वकिय सचिव गणेश श्रीपालीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीमा आएको प्रहरी संगठनको परिवर्तमा भनिएको छ–‘ नेपालीहरुलाई विदेश जाने क्रममा चारित्रिक प्रमाण पत्र अहिले सम्म प्रधान कार्यालयबाट दिदै आईकोमा अब त्यस्तो सास्ती कसैले नपाउन भन्नका लागि प्रदेश स्तरबाटै उक्त सेवा उपलब्ध हुने छ ।

त्यस कार्यालय मुद्धाफाँटका प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवका अनुसार ५ नम्वर प्रदेशको भैरहवाको शान्तिनगर स्थित संघिय प्रहरी कार्यालयमा चारित्रिक प्रमाण पत्र आवेदन संकलन केन्द्र राखिने छ ।

भोली श्रावण १५ गते उक्त सेवा उपलव्ध हुने परिपत्रमा उल्लेख छ । प्रहरीले उक्त सेवा लिनका लागि सर्वसाधरणलाई सार्वजानिक सुचना सहित अनुरोध गरेको छ । त्यतिका लागि ग्रामिण भेगबाट जाने युवाहरुले पन्द्रबिस हजार सम्म खर्च गर्नु पर्दथ्यो ।

बिष्टले त्यस मन्त्रालयको कार्यभार सम्हाले देखि बैदेशिक रोजागारमा जानेहरुको हक हितमा अन्य थुप्रै कार्यहरु पनि सह्रानिय गरिरहेको बैदेशिक रोजगारमा जानेहरु बताउँ छन् ।

मन्त्री विष्टले बिदेशमा मृत्यु हुनेहरुलाई विमा रकम दिलाएका छन । श्रमिकहरुको तलव बृद्धि र अवको एक वर्ष भित्रमा एक लाखलाई रोजगारी दिने तयारी भएको उनको सचिवालयले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D