अपराध

वालिका बलात्कार अप्डेट: थप उपचारको लागि पाल्पा पठाईयो, बलात्कारीलाई पक्राउ गरी मुद्दा दायर

प्रेम सुनार
गुल्मी, फागुन ३० । गुल्मीको ईस्मा गाउँपालिकाक ६ वर्षिया बालिका वलात्कृत भएकी छन् । हिजो दिउँसो करिव ४ वजेको समयमा ईस्मा गाउँपालिकावडा नम्वर ३ नयाँपोखराको हनुमान मन्दिर भित्र ६ वर्षिया वालिकालाई सोही गाउँपालिका वडा नम्वर वडा नम्वर ४ दर्लामचौरका १७ वर्षिय हिमाल दर्जीले वलात्कार गरेको प्रहरीले जनाएका छ ।

जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदीले निजलाई पक्राउ गरी आजै अदालतमा मुद्धा दायर गरिएको जानकारी दिए । वलात्कृत ति ६ वर्षिया वालिकालाको अहिले जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

त्यस अस्पतालका डाक्टर सुवोध ज्ञवालीका अनुसार उनकोे यौनाङ्ग सिलाई गर्नु पर्ने भएकोले पाल्पा रिफर गरिदै छ ।

ज्ञवालीले भने, ‘वालिकाको तलै सम्म यौनाङ्ग च्यातिएको छ । सिलाउनका लागि वेहोस पार्नु पर्ने हुन्छ । उनको उमेर सानै भएकोले यहाँ सम्म नभएर सर्जिकल कन्सल्टेन्सका लागि पाल्पा प्रवास अस्पतालमा रिफर गरिएको हो ।’

६ वर्षिया वालिकाले समेत सुरुमा ढाँटिन्
अधिकांस महिलाहरु आफु यौन हिंसामा परेको कुरा दवाउन बाध्य छन भन्ने कुरा यि वालिकाको बलात्कार घटनाले देखाएको छ । छोरीलाई अस्पताल लिएर आएकी उनकी आमाले डरले गर्दा छोरीले धेरैवेर सम्म आफु लडेर रक्ताम्मे भएको भन्दै ढाँटेको बताईन ।

रक्ताम्मे अवस्था बढ्दै गए पछि मलाई शंका लागेर फकाउँदै, सोधे पछि हिमाल अंंकलले चाउचाउँ किनेर खान दिन्छु भन्दै फकाएर मन्दिर भित्र लगेर त्यस्तो हिंसा गरेको कुरा बताएको आमाले जानकारी दिईन । हामी पुग्दा जिल्ला अस्पतालमा छोरी संगै आमाको पनि रुवावासी चलिरहेको थियो । गुल्मीमा सव भन्दा कम उमेर ६ वर्षिया वालिका वलात्कारको घटना पहिलो भने हैन । यस अघि आफ्नै वावुले ६ वर्षिया छोरीको वलात्कार उद्योग गरेको घटनाका विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D