अपराध

वामीमा स्थानियबाट कुटाई खाएका युवा प्रहरी हिरासतमा, असई भन्छन् भनाभन मात्र भाको हो

प्रेम सुनार
गुल्मी, पुस १९ । आज दिउँसो गुल्मीको मुसिकोट नगरपालिका भित्र पर्ने वामीटक्सार वजारमा एक दलितलाई कुटपिट गरी प्रहरी नियन्त्रणमा राखिएको छ । मुसिकोट नगरपालिका वडा नम्वर ८ वामी मैदान निवासी वावुराम परियारलाई वामीटक्सार बजारका संसार शाक्य लगायतले कुटेको बताईएको छ ।

यसरी सुरु भयो कुटाई
परियार माथी घर जानका लागि वामीटक्सार बजारको वसपार्कमा दिउँसो जिपको टिकट काटेका थिए । साथमा उनकी छोरी सहित ६ जना थिए । साढे तिन वजे हिँडनु पर्ने जिप परियारले ढिला गरे पछि टिकट काउण्टरका सन्तोष शाक्य रिसले चुर हुँदै फोनमा वोलाईरहेका थिए ।

परियार ढिला गरी आए । शाक्यको हप्काई सहन नसके पछि उनले पनि मुख छाड्न थाले । परियारले भने, ‘ के गरुँ त नास्ता गर्ने क्रममा ढिला भयो, ठिकै छ तपाईको गाडीमा नभए अरुको गाडीमा जाउँला ।’ त्यो भन्दै परियार छतमा राखेको आफ्नो समानहरु झिक्न थाले । त्यस पछि सुरु भयो शाक्य बन्धुहरुको उनि माथी लछारपछार ।

प्रत्यक्षदर्शीका अनुसार परियारलाई निर्घात कुटेको देख्ने धेरै छन् । प्रत्यक्षदर्शी भन्छन कुटपिट गरी सके पछि कुटपिट गर्नेहरुले नै मदिरा सेवन गरेको भन्दै वामी प्रहरीलाई फोन गरेर उनै पिटाई खाने व्यक्तिलाई अहिले प्रहरी हिरासतमा पुराईएको छ ।

परियारकी २४ वर्षिया छोरी सिता परियारले भनिन्, “वुवा र हामी होटलमा नास्ता गर्दै थियो । काण्टरबाट अत्ताउँदै हुनुहुन्थ्यो । पछि हामी काउण्टरमा आउँदा वुवालाई गाली गरे । त्यस पछि वुवाले ठिकै छ अर्को गाडीमा जाउँला भनेर समान झिक्न के खोज्दै हुनुहुन्थ्यो काउण्टरका संसार शाक्य, उहाँका दाजु सुदर्शन शाक्य र उहाँका कान्छा भाई सन्तोष मिलेर एकाएक कुटपिट गर्नु भयो ।”

आरोपित शाक्य बन्धुहरुसंग सम्पर्क राख्दा गाडीमा चढ्न ढिला गरेको र मदिरा सेवन गरी मुख छाडेकोले सामन्य लछारपछार गरिएको बताए । त्यस प्रहरी चौकीका असई मुक्ति पुनले भने उहाँहरुले कुटेको होईन सामान्य भनाभन मात्रै भएको जिकिर गरे ।

संगै रहेका मुसिकोट ८ का वडाध्यक्ष नारायण सापकोटाले परियारलाइ निर्घात कुटेको देख्ने त्यति धेरै मान्छे हुँदाहुँदै पनि यहाँका असईले ढाँटेर एउटा कुटाई खाएको दलितलाई अन्यायमा पार्न मिल्छ ? भन्ने प्रतिकृया दिए । उनले भने, ‘यहाँ त अचम्म भयो जसले गोँदाई खाएको छ उसैलाई पो प्रहरीले पक्रेर राखेको छ । अहिले मिलौं भनिएको छ तर हामी अहिले मिल्न चाहन्नौ, मदिरा सेवन गरेको मान्छे छ भन्दैमा कुटन–मार्न पाईन्छ र ? वडा नम्वर ७ का वडाध्यक्ष प्रकाश काफ्ले, वामीकै वासीन्दा रामबहादुर वोहरा लगायतले पनि यस घटनको घोर निन्दा गरेका छन् ।

उता कुटाईमा संलग्नको आरोप लागेका वामीका समाजसेवी सुदर्शन शाक्यले भने, “त्यसो भए आउनुहोस तपाईहरु र यहाँको जाँडरक्सी नियन्त्रण गरी दिनुहोस् ।” फेरी जाँड रक्सी नियन्त्रण मान्छे कुटेर हुन्छ र ? भन्ने प्रश्नमा उनले भने, “कुटिएको चाँही होईन लछार पछार चाँही गरिएको हो ।”

स्मरण रहोस चोरी र ठगी काण्डमा परेका एकजना युवा महेन्द्र बिकलाई त्यसै वामीमा दुई वर्ष अघि बाँधेर कालोमोसो दलेर निर्घात कुटपिट हुँदा पनि त्यहाँका प्रहरीले सुरक्षा दिएको थिएन ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D