gulminews logo
बिहीबार, २०८१ बैशाख ६

वलात्कार गर्नेलाई गाउँका महिलाले भिराए जुत्ताको माला र कालो मोसो

प्रेम सुनार
बुटवल , मंसिर २७ । कैलाली जिल्लामा तीन दिन अघि बिदेश श्रीमान भएकी एक महिलालाई बलात्कारको प्रयास गरेको भन्दै एक पुरुषलाई त्यहाँका महिलाहरु जुटेर सार्वाजानिक रुपमा कालो मोसो दल्दै जुत्ताको माला भिराएका छन । कैलाली गाउँपालिका वडा नम्वर १, मझेरा टोलका टुक्की नामले परिचित कृष्ण चौधरीलाई त्यहाँका महिलाहरुले त्यस्तो कार्वाही गरेका हुन ।

चौधरीले २३ गते राती स्थानिय २३ बर्षिया बिदेश श्रीमान भएकी एक महिलालाई प्रयास गर्न थालेको ती महिलाले गाउँवासीलाई बताए पछि त्यहाँका ठुलो समुहमा महिलाहरु जुटेर चौधरीलाई कालोमोसो र जुत्ताको माला भिराउनुका साथै कार्वाही स्वरुप दुई लाख रुपैयाँ जरिवाना समेत तोकिएको छ ।

यस सम्वन्धमा स्थानियवासीसंग बुझ्दा त्यस गाउँका वालकृष्ण चौधरीले भने, ‘तपाईले जे सोध्नु भयो र देख्नु भयो त्यही नै सत्य हो , कालोमोसो दलेर जुत्ताको माला लगाईएकै हो ।’ त्यहाँ जनस्तरबाटै त्यस्ता कार्वाही गरे पनि प्रहरी प्रशासन कसैलाई पनि थाह दिने गरिएको छैन ।

ईलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख प्रहरी नायव निरीक्षक रामचन्द्र पन्थले त्यस चौकीलाई चौकीलाई जानकारी नदिएको बताए । ‘यस्ता घटना यस भेगमा निकै घट्छन, गाउँवासीले आफै कानुन हातमा लिएर कार्वाही गर्ने गर्दछन’, पन्थले भने । ‘प्रहरीलाई जानकारी दिन्नन, उजागार गर्न जरुरी छ’, पन्थले थपे, ’यस बिषयमा भर्खर डिएसपी सावको पनि फोन आयो , हामीलाई थाहै थिएन अब हामी बुझ्छौं ।’

कैलालीका प्रहरी नायव उपरिक्षक हरिबहादुर ओलीको हामीले केहि बेर अघि ध्यानकृष्ट गराए लगत्तै उनले त्यस चौकी प्रमुख पन्थलाई फोन गरेर बुझ्न निर्देशन दिएका हुन ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D