gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

वडाध्यक्षमा उम्मेदवारी नपाएपछी वडासदस्य समेत रहेका अर्यालले गरे पार्टी परित्याग

सन्जु काउछा
बैशाख १० । छत्रकोट गाउँपालिकामा पार्टीले आफ्नो योग्यताको कदर नगरेको आरोप सहित नेकपा एमालेका एकजना नेताले पार्टी परित्याग गरेका छन् । छत्रकोट गाउँपालिका वार्ड नं ३ का वडा सदस्य समेत रहेका नेकपा एमाले छत्रकोटका सह इन्चार्ज बाबुराम अर्यालले पार्टी परित्याग गरेका हुन् ।

शुक्रबार एक बिज्ञप्ती जारी गर्दै अर्यालले पार्टीको साधारण सदस्य पनि नरहने गरी पार्टिका सबै जिम्मेवारीबाट अलग रहने जानाकारी गराए । उनले धन र मण्डले प्रवृत्तिको आडमा क्षमतावान र कर्तब्यनिष्ट पुरानो कार्यकर्ताको हुर्मत लिने काम नेतृत्वबाट दोहोरी रहेको समेत आरोप लगाए ।

अर्यालद्वारा जारी बिज्ञप्तीमा भनिएको छ, “वडा अध्यक्ष पदमा उम्मेद्वारी दिन म हर हिसाबले योग्य छु भनि उम्मेदवारमा खडा
भएकोमा मेरो उम्मेद्वारीलाई पार्टीको नेतृत्वबाट बहिस्कृत गरियो ।”

एमालेले आसन्न स्थानिय निर्वाचनको लागि छत्रकोट ३ बाट तेजकान्त अर्याललाई उम्मेदवार बनाएको छ ।

“पार्टीले दिएको दिएको संगठित सदस्य पार्टीलाइ नै फिर्तादिँदै अब उप्रान्त पार्टिका कुनैपनि जिम्मेवारीमा नरहने ब्यहोरा आम सर्वसाधारणमा जानकारि गराउँछु”, बिज्ञप्तीमा भनिएको छ ।

छत्रकोट गाउँपालिका वडा नं. ३ भालुपानी निवासी अर्याल झन्डै ३ दशक देखी एमालेको संगठित सदस्य रहँदै आएका थिए । उनी बिभिन्न कालखण्डमा गाउँकमिटी अध्यक्ष, इलाका कमिटी सचिव, छत्रकोट सह इन्चार्ज हुँदै वडासदस्यको जिम्मेवारीमा रहेका थिए ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D