gulminews logo
शुक्रबार, २०७९ जेष्ठ ६

लुकाई राखेका १३ थान भरुवा बन्दुक बरामद

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

बाग्लुङ, पुस ६ । बाग्लुङ स्थित विभिन्न स्थानबाट आइतबार दिउँसो १३ थान भरुवा बन्दुक बरामद भएको छ ।

बढिगाड गाउँपालिका-१ टुनडाँडास्थित स्यानडाँडा सामुदायिक बनको पैँयुको रूखमुनी बेवारिसे रूपमा लुकाई राखेको अवस्थामा ८ थान, सोही गाउँपालिका-३ सिसाखानीस्थित लग्दी खोलाको किनारमा बेवारिसे अवस्थामा २ थान र गलकोट नगरपालिका-९ रिस्तिस्थित कार्तिकेको जंगलमा ३ थान (१ थान बेसाबुत समेत) भरुवा बन्दुक फेला पारी प्रहरीले बरामद गरेको बाग्लुङ प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको पनि जनाईएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D