समाचार

रोट्रयाक्ट क्लवद्धारा गुल्मीका ६ बिद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

गुल्मी । रोट्रयाक्ट क्लव आफ तिलोत्तमा रुपन्देहीद्धारा गुल्मीका विभिन्न ६ वटा विद्यालयका सयौं गरिब जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । जिल्लाको रुरु गाउँपालिका ४, चौताराको वम्घा आधारभुत प्राथामिक विद्यालय, बलेटक्सारको सिंदुरे प्रथामिक विद्यालय, रुरु–४ को रिमुवास्थित पद्यमा प्राथामिक विद्यालय, रानीवासको जनवोध माध्यामिक विद्यालय र रुरु–५ वम्घाको हरिस्मृति प्राथामिक विद्यालयका विद्यार्थीहरुलाई एकै थलोमा जम्मा गरि क्लवलले शैक्षिक सामग्री वितरण गरेको हो ।

क्लवका अध्यक्ष रेशम खड्का, क्लव मेम्वर विक्रम क्षेत्री, सन्तोष कँडेल, राहुल टण्डन र सरोज पोखरेल लगायतको टोली तिलोत्तममाबाट गुल्मीका ती पुगेर शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।

त्यस्तै वम्घा आधाभुत प्राथामिक विद्यालयलाई बुटवल–६ ट्राफिकचोक मैत्रीपथमा रहेको होटल ग्लोवलले होर्डिङ्ग बोर्ड लगायतकाृे शैक्षिक सामग्री प्रदान गरेको छ । उक्त होटेललबाट हुने आम्दानीको केहि हिस्सा बर्षेनी शैक्षिक, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा खर्च गर्दै आएको होटल सञ्चालक सन्तोष कँडेलले बताए ।

सहयोगदाता संस्थाप्रति जिल्ला समन्व्य समितिका सदस्य हरिप्रसाद ज्ञवाली, रुरु गाउँपालिकाका सामाजिक विकास संयोजक शेषनारायण पौड्याल, वडा नमवर ४ का वडाध्यक्ष फर्शराम ज्ञवाली लगायका समाज सेवीहरुले धन्यवाद दिएका थिए । रोट्रयाक्क क्लव अफ तिलोत्तमाले गुल्मीका अग्नी पिडित लगायतको विपदमा समेत सहयोग गर्दै आएको छ । -न्युज 24

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D