शिक्षा

रेसुङ्गा नगरपालिकाका सबै विद्यालय पाँच दिनका लागि बन्द

हुमाकान्त पोखरेल
तम्घास, १२ वैशाख । गुल्मीको रेसुङ्गा नगरपालिकाका सबै विद्यालय पाचँ दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । आइतबार बसेको नगरपालिकाको शिक्षा समितिको बैठकले कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सबै विद्यालय शुक्रबारसम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख डिल्लीराज भुसालले जानकारी दिनुभयो ।

विद्यालयहरु कोरोनाको उच्च जोखिममा रहेको र विद्यालयबाट कोरोना फैलने जोखिम रहेकोले बन्द गरिएको भुसालको भनाई छ । तत्कालका लागि शिक्षणसम्बन्धी सबै गतिविधि बन्द गरिएको र अवस्था हेरेर पाचँ दिनपछि थप निर्णय गर्ने शिक्षा अधिकृत विष्णु प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D