gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

रेसुङ्गामा काँग्रेसको तर्फबाट सभापति पन्थी प्रमुखको उम्मेदवार

रमेश विश्वकर्मा
गुल्मी, वैशाख ११ गते । आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीलाई प्रमुख पदको उम्मेदवार बनाउने निर्णय भएको छ ।

नेपाली कांग्रेस रेसुङ्गा नगर कार्यसमितिले नगरपालिकाको प्रमुख पदमा तीन जनाको नाम क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समितिमा सिफारिस गरेसंगै क्षेत्रबाट आएको राय सहितको सिफारिसलाई जिल्ला कार्यसमितिले पनि जिल्लाको रायसंगै नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिमा पठाएको थियो । प्रदेश कार्यसमितिले सभापति पन्थीलाई नेपाली कांग्रेसको तर्फबाट रेसुङ्गा नगरपालिकाको प्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

रेसुङ्गा नगरपालिका–५, भुवनपानीका बासीन्दा हुन् । ४६ वर्षीय पन्थी २०४६ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीति गर्दै आएका छन् । झन्डै ९ वर्षसम्म नेपाल तरूण दलको जिल्ला अध्यक्ष भएका पन्थी यसअघिको जिल्ला अधिवेशन मार्फत सभापतिमा चयन भएका हुन् ।

यस अघी आसन्न स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा (नेकपा) एमालले भने राजेन्द्र प्रसाद पाण्डेयलाई नगर प्रमुखको उम्मेदवार घोषणा गरिसकेको छ । (नेकपा) एमाले रेसुङ्गा नगर कमिटीको बैठकले सर्वसम्मत रुपमा पाण्डेयलाई नगरप्रमुखको उम्मेदवार बनाउने सिफारिस गरेको हो ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D