शिक्षा

रेसङ्गा माविका सहायक प्रअ भण्डारीलाई प्रदेश नं. ५ सरकारको सम्मान

रमेश विश्वकर्मा
गुल्मी, असार ३१ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. २ मा रहेको रेसुङ्गा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भागिरथ भण्डारी सम्मानीत भएका छन ।

सामूदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि सहायक प्रधानाध्यापक भण्डारीले गरेको योगदानको कदर गर्दै सामाजिक विकास मन्त्रालय प्रदेश नं. ५ ले सम्मान गरेको हो ।

सहायक प्रधानाध्यापक भण्डारीले विद्यालय प्रति गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै २० हजार रुपैँया सहित प्रशंसा-पत्र समेत प्रदान गरेको हो ।

गुरु पुर्णिमाको अबसरमा उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रमको आयोजना गरेर सहायक प्रधानाध्यापक भण्डारी सहित प्रदेश नं. ५ सामाजिक विकास मन्त्रालयले प्रदेश भित्रका ३३ जना उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरेको हो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D