बिचार

राजनीतिमा थ्रेस होल्ड: आखिर थ्रेस होल्ड के हो ?

–अर्जुन ध्वज अर्याल

संसदमा प्रतिनिधित्वका लागि राजनीतिक दलहरूले ल्याउनुपर्ने न्यूनतम मतको सीमा हो ‘थे्रसहोल्ड’ । विश्वका समानुपातिक तथा मिश्रित निर्वाचन प्रणाली अपनाएका मुलुकहरूले थ्रेसहोल्डको व्यवस्था गरेको पाइन्छ । तर समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरेका सबै मुलुकमा यो व्यवस्था छैन । सामान्यतया थ्रेस होल्डको दर २ देखि ५ प्रतिशत रहेको पाइन्छ । थ्रेस होल्डको दर निर्धारणमा भूगोल, जनसंख्या, भाषा, अर्थतन्त्र, राजनीतिक सँस्कार आदिले प्रत्यक्ष भूमिका खेलेको पाइन्छ । साथै थ्रेस होल्ड राष्ट्रिय र स्थानीय गरी फरक फरक दरले पनि लागु गरेको पाइन्छ । सबै घटनाका सकारात्मक तथा नकारात्मक गरी २ पक्ष हुन्छन् नै ।

आम सर्वसाधारण देखि दलका नेताहरूमाझ अहिले एउटा शब्दले निकै चर्चा पाएको छ । त्यो हो थ्रेस होल्ड । यति धेरै चर्चा पाएको र पाउनुपर्ने कारण के थियो ? यसलाई किन यति धेरै महत्व दियो त ?

संसारमा भएका विभिन्न मुलुकले आ–आफ्ना खालका निर्वाचन पद्धति अपनाएको पाइन्छ । विशेषत विकसीत मानिएका मुलुकहरूमा प्राय ः २ पार्टी व्यवस्था छ । जस्तै अमेरिका र वेलायत । अन्य तेस्रो विश्वका मुलुकहरू जहाँ आर्थिक समृद्धि नभएका कारणले र राजनैतिक अस्थिरता भइरहेको कारणले पनि थ्रेस होल्ड प्रयोग गर्नुपर्ने वाध्यतात्मक अवस्था आइ लागेको छ ।

धेरै देशहरूमा यो थ्रेस होल्ड प्रयोगमा ल्याएको पाइदैन् । तथापि प्रयोग गरिएका देशहरूमा न्यूनतम ०.६७ % (नेदरल्याण्ड) देखि १२.५ % (सिरालियोन) सम्म थ्रेस होल्डको प्रयोग भएको पाइन्छ । सन् १९८३ देखि टर्किमा यो १० % थ्रेस होल्ड कायम गरिएको छ भने रसियामा ७ % छ । विश्वका धेरै देशमा ५ % का हाराहरिमा यो व्यवस्था लागु गरिएको छ । जर्मनमा वैद्यपार्टी हुन ५ % मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । दक्षिण कोरियामा ३ % वा स्थानिय ५ सिटमा जीत हासिल गर्नुपर्ने व्यवस्था छ । न्युजील्याण्डमा ५ % वा जील्लामा १ सीट जीत्नुपर्ने प्रावधान राखिएको थियो अहिले घटाएर ४ % मा झारिएको छ ।

सोलोमानियाले सन् १९९६ सम्म ३ वटा सीट जीत्नु पर्ने व्यवस्था गरेको थियो भने अहिले ४ % थ्रेस होल्ड राखेको छ । स्वीडेनमा देशभरका लागि ४ % थ्रेस होल्ड राखेको छ भने कुनै जिल्लामा १२ % प्राप्त गरे सोजील्लामा सिट प्राप्त गर्न सक्दछ । इजरायल सन् १९९२ सम्म १ % व्यवस्था गरेकोमा अहिले बढाएर ३.२५ % पु¥याएको छ ।

थ्रेस होल्डको व्यवस्था लागु गरेका केही मुलुकमा एकल पार्टी, दुई पार्टी गठबन्धन र बहुपार्टी गठबन्धनका लागि थ्रेस होल्डको दर फरक फरक निर्धारण गरेको पाइन्छ । जस्तै ५ % थ्रेस होल्ड रहेको मोल्डोभामा गठबन्धनका लागि १२ % छ भने हंगेरीको थ्रेस होल्ड ५ % छ तर दुई पार्टी गठबन्धनका लागि १० % र बहुपार्टी गठबन्धनका लागि १५ % राखिएको छ । त्यसैगरी गटबन्धनका लागि पोल्याण्डमा ८ % र रोमानियामा १० % छ ।

आखिर थ्रेस होल्ड हो के ?
राजनीतिक दलले आफूले प्राप्त गरेको मत प्रतिशतका आधारमा समानुपातिक सीट प्राप्त गर्ने गर्दछन् । सामान्यतया प्रत्यक्ष निर्वाचित निर्वाचन प्रणालीमा यो थ्रेस होल्ड आवश्यक पर्दैन । समानुपातिक र मिश्रित निर्वाचन प्रणाली अपनाउने मुलुकका लागि यो थ्रेस होल्ड राख्नु अपरिहार्य भएको मानिन्छ ।

थ्रेस होल्ड भनेको न्यूनतम मत सीमा हो जसले यो न्यूनतम मत सीमा पार गर्न सक्दैन उसले संसदमा आफ्नो प्रतिनिधित्व गराउन सक्दैनन् समानुपातिक निर्वाचनबाट । त्यसकारण न्यूनतम सीमा पार गरेपछि मात्र उसले राष्ट्रिय पार्टीको मान्यता पाउँछ र राष्ट्रिय पार्टीले पाउने सेवा सुविधा प्राप्त गर्न सक्दछ । यसरी थ्रेस होल्ड पार गर्ने राजनीतिक दलहरूको मात्र प्रतिनिधित्व हुन्छ र थ्रेस होल्ड पार नगर्ने पार्टीले पाएको मत खेर जान्छ ।

नेपालको सन्दर्भमा २०४६ सालको परिवर्तन पछि भएका आम निर्वाचनमा राष्ट्रिय पार्टी हुन ५ वटा सीट जित्नुपर्ने वा ३ % मत प्राप्त गर्नुपर्ने व्यवस्एथा गरिएको थियो । २०६२÷६३ को परिवर्तन पछि देशमा संविधानसभाको निर्वाचनका बेला थ्रेस होल्ड राखिएन । संविधानसभा भनेको जनताद्धारा संविधान निर्माणका लागि प्रयोग हुने स्थल भएकोले बढि जाति, समुदाय, धर्म, लिङ्ग वर्ण आदिको आवाजको प्रतिनिधित्व होस् भन्ने स्वस्थ र स्वच्छ मनसायले थ्रेस होल्ड राखिएको थिएन । तर यसको दुरूपयोग गरि १ सीटे र २ सीटे दलले सत्तारोहण र मन्त्रीपद प्राप्त गर्नका लागि आफ्नो समर्थन फेरवदल गर्ने काम गरे । यसले संविधानसभालाई विकृति पार्ने काम ग¥यो ।

२०५२÷०५३ तिरकै संसदीय फोहरी खेलको पुनरावृत्ति भयो । यसबाट झस्किएर राजनीतिक दलले नेपालको संविधान २०७२ मा नै थे्रस होल्ड राख्ने प्रयत्न गरेका थिए । त्यस्तै मधेशवादी भनिएका दलहरू संविधान सभाले आफ्ना मागका सुनुवाइ भएन भनेर संविधानसभा हल छोडेर मधेशमा आन्दोलन गरिरहेका थिए । साना दलहरू थ्रेस होल्डका विपक्षमा थिए । यही कारणले उनीहरू पनि भड्किएर संविधान जारी गर्दा बाहिरिने सम्भावना भएकाले पनि तत्कालिन ठूला दलहरू थे्रस होल्लडबाट पछि हटि संविधान जारी गर्ने काम गरे ।

संविधान जारी पश्चात् निर्वाचनका लागि बनाइएको निर्वाचन कानुनमा घुमाइ फिराइ थ्रेस होल्डको व्यवस्था गरे । शुरूमा ०.५ % देखि १० % थ्रेस होल्डको चर्चा भयो । १० % थ्रेस होल्ड राख्दा आफू पनि अट्न नसक्ने हो कि भन्ने आशंका थियो तत्कालिन माओवादी र कमल थापाको राप्रपालाई । अन्तमा सदर मतको ३ % समानुपातिकमा र प्रत्यक्षबाट १ सीट जीत्नै पर्ने प्रावधानको व्यवस्था थ्रेस होल्डमा राखियो ।

हुभर्जे र लिजफार्ट भन्दछन् ः “खण्डित राजनीतिक दल प्रणालीको अभ्यास भएका मुलुकहरूका लागि र राजनीतिक प्रतिस्प्रधाको सीमा बाँध्नका लागि थ्रेस होल्ड जरूरी पर्दछ ।” यो भनाइ नेपालका लागि अति सान्दर्भिक छ । पहिलो र दोस्रो संविधान सभामा १ सीटे र २ सीटे राजनीतिक दलका नेताले मन परि वाग्रेनिङ्ग गरेर भरपुर फाइदा उठाए । ऐन बनाउने व्रmममा मालेनेता सी.पि. मैनालीले थ्रेस होल्ड साना पार्टी भास्न ल्याइएको व्यवस्था हो भनि चर्को आवाज उठाएका थिए भने नेमकिपाका सांसद प्रेम सुवालले यो थ्रेस होल्ड विश्वव्यापी भएकाले नौलो नभए पनि नेपालमा आवश्यक छैन भन्दै थिए । उनले थपे – यदि साना पार्टीले मन्त्री बन्नका लागि मनपरी गरेका हुन भने १० % मत ल्याउनेबाट मात्र मन्त्री बन्ने व्यवस्था गरी थ्रेस होल्ड हटाउनु राम्रो ।

साना दल तथा संसदबाट बाहिरिएका मधिशेदलका विरोधका वावजुद पारित यो निर्वाचन ऐनका आधारमा भएको वर्तमान निर्वाचनबाट बढिमा ४ वटा दलहरू राष्ट्रिय दल बन्ने लक्षण देखिएको छ । बहुचर्चित र बहुप्रतिक्षित नयाँ दलहरू नयाँ शक्ति र विवेकशील साझा राष्ट्रिय दल हुनबाट मात्र वञ्चित भएनन कि दोस्रो संविधान सभामा समानुपातिक मतले मात्र चौथो शक्ति भनेको कमल थापाको दल पनि राष्ट्रिय पार्टि हुनबाट वञ्चित भयो । प्रत्यक्षतर्फ १–१ सीट जीतेका नेमकिपा, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदमा स्वतन्त्र सभासदको भूमिकामा उपस्थित हुने भएको छ । उनीहरूले प्राप्त गरेको समानुपातिक मत व्यर्थ भएको छ ।

केही मुलुकहरूले निर्वाचन क्षेत्र वा जिल्ला स्तरमा पनि थ्रेस होल्डको व्यवस्था गरेका छन् । जर्जियामा राष्ट्रिय थ्रेस होल्ड ५ % छ तर क्षेत्रीय निर्वाचनको लागि ७ % कायम गरिएको छ । केही मुलुकमा थप व्यवस्था पनि गरिएको छ । जस्तैः जर्मनमा राष्ट्रिय थ्रेस होल्ड ३ % छ तर प्रत्यक्ष निर्वाचनमा ३ स्थान जित्नलाई यो थ्रेस होल्डले छुदैन । नेपालको प्रदेश सभाका लागि थ्रेस होल्ड १.५ % कायम गरिएको छ । थ्रेस होल्ड सीमा प्राप्त गर्दैमा पनि सभासद नबन्न सक्ने अवस्था छ प्रदेशका हकमा प्रदेश सभामा भएको थे्रस होल्डले धेरै विषयमा मौनता साँधेको कारणले पनि यसको प्रष्टता लागु हुँदै जाँदा प्रष्टिने देखिन्छ ।

संसारका गरिब मुलुक र युरोपका प्राय ः मुलुकमा लागु गरिएको थ्रेस होल्ड यति नै हुनु पर्दछ भन्ने छैन । देशको तत्कालिन आवश्यकता र राजनैतिक सँस्कारका आधारमा थपघट हुँदै जान सक्छ । यही कारणले राता रात ठूला दल मर्ज भए भने कतिपय चुनावका लागि दर्ता भएर पनि निर्वाचनमा जान सकेनन् । यसले राजनीतिक दलमा हुने टुटफुटलाई रोकी एकता गर्न बल पु¥याउने भएका कारणले पनि आवश्यक देखिएको छ । नेपालको सन्दर्भमा राजनीतिलाई व्यापार व्यवसाय बनाउने र एउटा दल खेली समानुपातिकबाट पटके मन्त्री बन्ने व्यवस्थाको अन्त गराउनेछ ।

अल्पविकसित र अविकसित देशका लागि धेरै पार्टी घाँडो सावित भएको अवस्थामा थ्रेस होल्ड आवश्यक मानिएको छ । यसैको परिणती स्वरूप वाम र लोकतान्त्रिक गरी दुई समूहमा विभिन्न राजनीतिक दल धुव्रिकृत हुनेकामको शुरुवात भएको छ । यसले राजनीतिक सफाइमा सकारात्मक योगदान गर्ने छ । यो व्यवस्था विभिन्न संस्थानहरूमा पनि लागु गर्न सकेमा अनावश्यक भागबण्डाको अन्त भइ स्वस्थ र स्वच्छ प्रतिस्प्रधाको विकास हुने देखिन्छ ।

प्रत्येक घटनाका सकारात्मक र नकारात्मक दुई वटा पाटाहरू हुन्छन् । त्यसैगरी यो थ्रेस होल्डका पनि सकारात्मक र नकारात्मक दुईवटा पाटाहरू छन् सकारात्मक पक्षमा यसले मुलतः राजनीतिक स्थिरता प्रदान गर्दछ र राजनीतिक पार्टीको अनावश्यक विभाजनलाई रोक्दछ । नकारात्मक पक्ष भनेको ठूलो संख्यामा मतहरू निरर्थक हुन्छन् जस्तै नेपालमा भर्खरै सम्पन्न निर्वाचनमा एमाले, कांग्रेस, माओवादी केन्द्र, संघिय समाजवादी, राजपा बाहेकका दलहरूले प्राप्त गरेको मतको कुनै मान्यता भएन ।

सन् २००२ मा टर्कीमा भएको निर्वाचनमा ४५ % मत १० % थ्रेस होल्ड कटाउन नसक्ने पार्टीको पक्षमा खसेको देखिन्छ । यसबाट ४५ % मत प्राप्त गर्ने राजनीतिक दलको संसदमा प्रतिनिधित्व हुन सकेन । त्यसैगरी सन् १९९५ मा भएको रसियाको निर्वाचनमा ४९.५ % मत प्राप्त गर्ने पार्टीहरू पनि यही थ्रेस होल्डको कारणले संसद बाहिर रहन बाध्य भए । थ्रेस होल्ड धेरै राख्नाले साना दलको उपस्थितिलाई मात्र निस्तेज पार्दैन समानुपातिक निर्वाचन पद्धतीको मुल मर्ममै प्रहार गर्दछ । नेपालमा विभिन्न वर्ग, जाती, समुदाय, लिङ्ग आदिको प्रतिनिधित्वका लागि विशेष व्यवस्था गरिएको कारणले यसको असर त्यति धेरै नपरेको अवस्था पनि हुन सक्छ ।
अर्याल सरस्वती बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D