gulminews logo
शनिबार, २०८१ बैशाख ८

रहेनन् गुल्मेली कलाकार बिजु बज्र, सिंगो नेपाली सांगितिक क्षेत्रले गुमायो एक कुशल संगीतकर्मी

सन्जु काउछा
बैशाख १५ । नेपाली सांगितिक क्षेत्रका चर्चित कलाकार तथा संगीतकर्मी बिजु बज्रको निधन भएको छ । झन्डै ३ दशक देखी निरन्तर नेपाली संगित क्षेत्रमा सकृय बज्रको आईतवार निधन भएको हो ।

२०२८ सालमा गुल्मीको वामिटक्सारमा जन्मेका संगितकार बज्रले २०४९ सालमा रेडियो नेपालमा स्वर परीक्षण पास गरे पछि संगीत क्षेत्रमा व्यवसायिक यात्रा शुरु गरेका थिए । आफ्नो ब्यवसायिक सांगितिक यात्राको क्रममा बज्रले पन्ध्र सयभन्दा बढी गीतहरुमा संगीत गर्नुका साथै थुप्रै मन छुने गीत रचना समेत गरेका थिए ।

गुल्मी कलाकार समाज काठमाडौंको उपाध्यक्ष समेत रहेका बज्र मूलधारको संगीत संगसगै पाश्चात्य शैलीको संगीतमा समेत दख्खल राख्ने संगितकर्मीको रुपमा चिनिन्थे ।

फत्तेमान राजभण्डारीको स्वर रहेको “झरी परिरह्यो मनमा थामिदैन आँसु…..”, सुगम पोखरेलको स्वरमा रहेको “तिमी म भन्दा कोसौँ टाढा छौ……..”, कर्णदासको स्वरमा रहेको “बिस्तारै छायो आँखामा अँध्यारो…….”, आगन्तुक खरेलको स्वरमा रहेको “कुन रङको कमी थियो र सानु…….”, रेशमा सुनुवारको स्वरमा रहेको “मै ठुली भइछु रे……” लगायतका गीतहरु उहाँको बहुचर्चित गीत मानिन्छन् ।

मुटुरोगबाट पीडित बज्रचार्य यस अघी अस्पातलको शैयाबाट पटक पटक मृत्‍युलाई जितेर आएका थिए ।

पिता जुठाराज र आमा लक्ष्मीदेवीको माहिलो सन्तानका रुपमा जन्मिएका बज्र पछील्लो समय काठमाडौंको बबरमहलमा परिवारका साथ बस्दै आएका थिए । उनको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन् । उनका जेठा छोरा कोविद बज्र पनि संगीतमै छन् । कोबिदले लोचन रिजालसंग एथ्नो म्युजिकमा अनुसन्धान समेत गरेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D