समाचार

यि हुन् गुल्मीबाट एक मात्र महिला प्रदेश सांसद

प्रेम सुनार
गुल्मी, पुस २० । ५ नम्वर प्रदेश अन्तरगत गुल्मीबाट समानुपातिकमा एक मात्र महिला प्रदेश सांसदमा मनोनयन भएकी छन् । नेकपा माओवादी केन्द्र क्षेत्र नम्वर २ बाट प्रदेश सभाका लागि गिता थापाले यस्तो अवसर पाएकी हुन् । जिल्लाका अन्य कुनै पनि राजनैतिक दलबाट प्रदेश सभामा महिला सांसद मनोनयनमा पर्न सकेनन् । थापाको आधिकारिक रुपमै टुङ्गो लागि सकेको माओवादी केन्द्र गुल्मीले जनाएको छ । उनी गुल्मीका माओबादी नेता अशोक थापाकी श्रीमती हुन् ।

प्रतिनिधी सभाका लागि भने एमालेबाट रामकुमारी झाँक्री, मैना भण्डारी र जिवराज आश्रितकी धर्म पत्नी माया न्यौपानेको अन्तिम टुङ्गो लागी सकेको नेताहरुले बताए पनि केन्द्रबाट आधिकारिक जानकारी आएको छैन् ।
gita thapa
कांग्रेसबाट प्रदेशका लागि झविन्द्र बिक र प्रतिनिधी सभाका लागि सुवर्ण ज्वारचनको नाम सिफारिस भएको भए पनि उनिहरुको वारेमा अन्यौल नै रहेको बताईन्छ । प्रदेश सभाका लागि एमालेबाटै जनजातीबाट वालसिंह काउछा र दलित तर्फ गणेश बिश्वकर्माको नाम सिफारिस भए पनि ३३ प्रतिशत महिला पुराउन पर्ने भएकोले उनिहरु पर्न नसकेको बताईएको छ ।

थापाको हतियारको युद्ध देखि सांसद सम्मको यात्रा

संघिय संरचना मुलुक गई सके पछि पहिलो पटक भएको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा गुल्मीबाट पहिलो र एक मात्र महिला प्रदेश सांसद हुने ईतिहास रचेकी गिता थापा साविकको दोहली गाविसको रामराज्य उच्च माध्यामिक विद्यालयमा पढ्दा पढ्दै २०५६ साल देखि तत्कालिन युद्धरत माओवादीको विद्यार्थी संगठनबाट भुमिगत राजनीति सुरु गरेकी थिईन् । किशोर अवस्थाकी उनि सांस्कृतिक फाँटमा निकै चम्कीएकी कलाकार हुन् ।

महिलाहरु घरबाट निस्कीनुलाई संकिर्ण रुपमा हेरिने त्यो समाजबाट उनि जंगलमा बन्दु काँधमा बोकेर हिँडिन् । शान्ति प्रकृया पछि अनेम संघ (क्रान्तिकारी) को जिल्ला संगठनको विभिन्न जिम्मेवारीहरु निभाउँदै उनले उक्त संगठनको नेतृत्व समेत लिई सकेकी छन् ।

अहिले उनि जिल्ला पार्टीको सचिवालय सदस्य हुन र रेसुङ्गा नगरकमिटीको कोषाध्यक्ष समेत रहेकी छन् । आज उनलाई रेसुङ्गा नगर कमिटीले एक समारोहको विच अभिनन्दन गरेको छ । अभिनन्दन कार्यक्रममा थापाको पार्टी र समाज प्रतिको योगदानवारे नेता कार्यकर्ताहरुले प्रसंसा गरेका थिए । कार्यक्रममा रेसुङ्गा नगरकमिटीको उपाध्यक्ष धर्म बिश्वकर्मा, प्रेस सेन्टरका केन्द्रिय सदस्य प्रेम सुनार, रेसुङ्गा नगरकमिटीकी सह सचिव कमला पुन, अनेरास्ववियु –(क्रान्तिकारी ) रेसुङ्गा क्याम्पस ईकाई कमिटीका संयोजक हुमकान्त पोखरेल लगायतले थापाको योगदानबारे प्रकाश पारेका थिए । रेसुङ्गा नगरकमिटीका अध्यक्ष अशोक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव गिरीसिह महाकिमको सञ्चालन रहेको थियो ।

Show More

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।