निर्वाचन अप्डेट

यस्तो बनाईएको छ गुल्मीको मतगणना स्थल

गुल्मी, मंसिर २० । गुल्मी जिल्लामा चुनावी तैयारी सकिएको छ । सदरमुकाम स्थित मुख्य निर्वचन कार्यालयमा मतगणना गर्ने स्थल बनाउने काम पनि लगभग अन्तिम चरणमा पुगेको छ । मतगणना स्थलमा सिसी क्यामसरा जडान गरिएको पनि मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए ।

गुल्मीमा पहिलोपटक निर्वाचन मतगणनामा सिसिटिभी जडान गर्न लागिएको हो । मुख्य निर्वाचन कार्यालय रहेको पहिलो तलमा एक नम्वर क्षेत्रका दुई अलग अलग प्रदेश प्रदेश र प्रतिनिधी सभाका उमेदवारहरुको मतगणना हुनेछ । जिल्ला प्रशासनको सभा हलमा दुई नम्वर क्षेत्रको मतगणनास्थल बनाईएको छ । दुई स्थानका गेट खुल्ला रहेकोले सुरक्षा निकायले काँडेतारको सहितको जाली लगाईएको छ ।

क्षेत्र नम्वर १ का १ सय ३५ मतदान केन्द्र , क्षेत्र नम्वर २ मा १ सय १६ सहित २ सय ५१ मतदान केन्द्र रहने छन भने मतदान स्थल दुवै क्षेत्र गरी १ सय ३८ रहेका छन् । एउटै केन्द्रमा तिन वटा सम्म मतदान स्थल बनाएर मतदाताहरुलाई कम भन्दा कम समय लाग्ने सुविधा दिने गरी बनाईएको छ । सवै केन्द्रका मतदान अधिकृत सहित जिल्ला भर सुरुमा २ हजार ९ सय ९६ कर्मचारी तोकिएकोमा कुनै एक राजनैतिक दलले असन्तुष्टी जनाए पछि ४५ जना थप गरिए सहित कुल ३ हजार ४१ ज्ना कर्मचारी खटिने भएका छन् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D