समाचार

यसरी भैरहेछ गुल्मीका खोलामा ठेकेदारको ब्रम्हलुट, कारवाही गर्नेवालाहरु किन मौन?

शिवलाल सुवेदी
गुल्मी, ८ जेठ । जिल्लाका खोलाहरुमा सम्झौता विपरित ढुङ्गा,गिटी वालुवा उत्खन भैरहेको छ । जिल्ला समन्वयन समिती गुल्मी र ठेकेदार कम्पनी विच सम्झोता भएपनि उक्त सम्झौता र निर्देशनलाई अटेर गर्दै ठेकेदारहरुले खोलामा ब्रम्हलुट गरेका छन । उनीहरुले कानून बिवरित नदी किनार तथा खोलामा नदीजन्य सामाग्रीहरु उत्खनन गरेका हुन ।

जिल्ला समन्वय समिति गुल्मीले जिल्लाका विभिन्न खोला तथा नदीहरुमा १ दर्जनबढी निमार्ण कम्पनीलाई नदीजन्य ढुङ्गा,गिटी बालुवा उत्खननको स्वीकृति दिएको थियो । टेन्डर परेका कम्पनीहरुले कानून अनुसार गिटी बालुवा झिक्न पाउँने भएपनि जिल्लाका छल्दी, पनाह, वडीगाढ, कालीगण्डकी, खज्याङ्ग खोलाहरुमा ठेकेदारहरुले कानुन विपरित ढुङ्गा, गिटी, वालुवा उत्खनन गरेको स्थानीयवासीहरुले गुनासो गरेका छन । जिल्ला समन्वय समिती गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले जिल्लाका खोलाहरुमा मेसिन प्रयोग गरेको गुनासो आफुसगँ आएकाले अनुगमन गर्ने गरेको बताए ।
gulmi chhaldikhola news
समिती र ठेकेदार कम्पनीसगँ भएको सम्झौता अनुसार ढुङ्गा, गिटी, वालुवा निकाल्ने काम नभएको भए हामी कारवाही गछौ प्रमुख पराजुलीले भने‘ तर हामीले अहिलेसम्म फेला पारेका छौनौ ।’ उनका अनुसार जिल्लामा अधिकाशं सडकहरु कालोपत्रे गर्ने काम भैरहेकाले पनि केही समस्या भने आएको बताए । मानिसहरु लगाएर गिटी, वालुवा र ढुङ्गा निकाल्दा लामो समय लाग्ने रहेछ उनी भन्छन‘ केही समस्याहरु छन, तर नियम विपरति र प्राकृतिक सरंचना नै विग्रने गरि भएको भए रोक्छौ ।’ उनको भनाईले घुमाउरो पारामा नदी तथा खोलामा मेसिन लगाएर गिट्टी वालुवा निकाल्ने गरेको बुझिएको छ ।

खोला तथा नदी किनारमा प्राकृतिक संरचना नै बिग्रने गरी नदीबाट ढुङ्गा, गिटी र वालुवा दोहन हुन थालेपनि अहिलेसम्म नत प्रशासनले नियन्त्रण गर्न सकेको छ नत अहिलेसम्म समन्वय समितीले नै कुनै कारवाही गरेको छ । सम्झौता भएको निमार्ण कम्पनीले नियम विपरित ढुङ्गा, गिटी र वालुवा निकाल्दा समेत कारवाही नगर्दा ढुङ्गा, गिटी र वालुवाको तस्करी समेत बढेको हो ।

जिल्लाका छल्दी, पनाह, वडीगाढ, कालीगण्डकी, खज्याङ्ग खोलाहरुमा मेसिनको प्रयोग नगरी गिटी वालुवा उत्खनन् गर्ने ठेक्का सम्झौता गरेको भएपनि केही खोलाहरुमा धमाधम जेसिवि, एक्साभेटर जस्ता मेसिन प्रयोग गरेर उत्खनन भैरहेको हो । छल्दी खोलामा मेसिनको प्रयोग गरेर ढुङ्गा, गिटी, वालुवा उत्खनन गर्दा पनि कसैले केही कारवाही गर्न नसकेको स्थानीय सुर्य खत्रीले बताए । वातावरणीय प्रभाव मूल्याकंनको प्रतिवेदन अनुसार नदी बगरमा जेसिवि, एक्साभेटर जस्ता मेसिन प्रयोग गरेर उत्खनन गर्न नपाउने भन्ने बुझेका थियौ खत्रीले भने ‘अहिले त धमाधम जेसिवि, एक्साभेटर लगाएर ढुङ्गा, गिटी, वालुवा निकालीरहेका छन ठेकेदारले ।’ आफुले धेरै पटक जानकारी गराएको भएपनि प्रशासन र समन्वय समितीले कुनै वास्ता नगरेको उनको भनाई छ ।

मेसिन प्रयोग नगर्ने गरी ठेक्का सम्झौता भएपनि प्रशासनलाइ चुनौती दिदै नियम विपरित ठेकेदारहरु वगरमा अवैध उत्खनन गर्न पल्केका छन् । बिशेष गरी छल्दी खोलाको वगरबाट दैनिक २÷३ भन्दा वढी जेसिविले ढुङ्गा गिटि झिक्ने गरेको स्थानीयहरुले बताएका छन् । यस क्षेत्रमा ३० भन्दा वढी ट्याक्टर र ट्रिपर जेसिविले उत्खनन गरेको ढुङ्गा गिटि वालुवा वोक्न लामवद्घ हुने गरेको स्थानीयहरुको भनाइ छ ।

वातावरणीय प्रभाव मुल्याङकनको प्रतिवेदन अनुसार नदी बगेको दायाँवायाँ पाँच मिटर छाडेर गिटी वालुवा निकाल्न नपाइने गरी सम्झौता भएको छ । तर नदी बगेको करिव एक मिटर आसपासबाट बगर उत्खनन भइरहेको छ । नियम विपरित ठेकेदारहरुले नदी वगरमा ब्रम्हलुट गरिरहेका छन् । समन्वय समितीले जिल्लामा सवै नदी र खोलाहरुमा ढुङ्गा, गिटी, वालुवा उत्खननका लागि करिव १ करोड बरावरको ठेक्का सम्झौता भएको जनाएको छ । चालू आर्थिक बर्षमा ठेक्का सम्झौता गरेका ठेकेदारहरुले असोजदेखि जेठसम्म गिटी वालुवा निकाल्न पाउनेछन् ।

जिल्ला समन्वय समितिका प्रमुख स्थानीय बिकास अधिकारी कल्पना श्रेष्ठले ढुङ्गा, गिटी, वालुवा उत्खनन गर्नका लागि जेसिवी लगाउन नपाइने बताईन । खोलामा जेसिवी लगाउन पाईदैन उनी भन्छिन‘ हामीकहाँ पनि केही गुनासो आएकाले प्रहरीलाई खवर गरेर भेटिएमा सवारी जफत गर्ने अनुरोध गरेका छौ ।
फोटो क्याप्सनः ठेकेदारले नियम विपरित छल्दी खोलामा जेसिवी लगाएर ढुङ्गा, गिटी, वालुवा उत्खनन गदै । तस्विर–शिवलाल सुवेदी÷गुल्मी ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D