समाचार

मृगौला पिडित पल्लीलाई ईन्द्रेणी कार्यक्रम मार्फत ७ लाख रुपैँया हस्तान्तरण, कहाँबाट कती सहयोग आयो? यस्तो छ बिवरण

कौरव खत्री
गुल्मी, २९ असोज । गुल्मी मुसिकोटकी मृगौला पिडित देवी पल्लीलाई ७ लाख रुपैँया आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । मुसिकोट नगरपालिका ४ बडागाँउ डाथाेक निवासी ३२ बर्षीया मृगौला पिडित पल्लीको लागि मुसिकोट नगरवासी देश तथा विदेशमा रहेका युवाहरुको पहलमा संकलन गरिएको आर्थिक सहयोग रकम बुधवार हस्तान्तरण गरिएको सहयोगी कर्ण थापाले जानकारी दिए ।

चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणी मार्फत बुधवार मृगौला पिडित पल्लीलाई सहयोग हस्तान्तरण गरिएको हो । अमेरिकामा विष्णु कार्की बिमलको पहलमा २ लाख ११ हजार रुपैँया, नवदिप समाजसेवा परिवार मुसिकोट नगरपालिका ४ जेँगाको पहलमा २ लाख १७ हजार ९ सय ७५ रूपैया त्यस्तै जापानबाट ३५ हजार ५ रूपैया संकलन भएको थियो । त्यस्तै समाजसेवी तथा आर्थिक सहयोगी कर्ण थापाको पहलमा इन्द्रेणी कार्यक्रमको व्यवस्थापक सहित ५० हजार रुपैँया, दक्षिण कोरियामा अर्जुन मगरको पहलमा ४३ हजार ३ सय १३ रूपैया संकलन गरिएको थियो ।

देवी पल्ली बचाउ अभियानबाट पुष्पा राकसकाेटीकाे पहलमा १६ हजार ५० रूपैया, बडागाउँ सेवा समाज जापानबाट ६८ हजार ४ सय ५५ रूपैँया, समाजसेवी राम बहादुर राकसकाेटी र महेन्द्र काजी तिवारीकाे संयुक्त पहलमा ८८ हजार रुपैँया र ईश्वर मगर प्रेम एव नवदिप समाजसेवा परिवारकाे पहलमा ३ लाख ९२ हजार ८ सय ५५ रूपैया गरी संकलन गरिएको कुल रकम ७ लाख रुपैँया पिडितलाई प्रदान गरिएको थापाले जानकारी दिए ।

रकम हस्तान्तरण कार्यक्रममा हाल काठमाण्डौ विभिन्न पेसा व्यवसाय लगायत अन्य कामको शिलशिलामा रहेका यस क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । दुवै मृगौला पिडित पल्लीको विगत डेढ महिनादेखि काठमाण्डौको टिचिङ हस्पिटलमा उपचार भइरहेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D