बिचार

मिडिया ब्रेकिङ्गको पीडा

टोपलाल अर्याल
गुल्मीको कोरोना संक्रमित ४१ बर्षीया पुरुषका श्रीमति र तीन छोराहरुनै सामाजिक संजालको प्रयोग गर्छन् । आफैले नै समाचार र संजालहरुमा जेठ ५ गते कोरोना संक्रमणको पुष्टि भएको पत्तो पाए । त्यो पीडाले नै परिवार सम्हालिन गाह्रो थियो । कोरोना संक्रमणपछि गोपनीयता नबुझेर संजालमा फोटो नै राखेर शिघ्र स्वास्थ्य लाभको कामना गर्ने, अनलाइनहरुमा नाम नै लेखेर समाचार आउन थालेपछि संक्रमितको परिवारमा पीडा झन् बल्झिँदै थियो । जेठ ६ गते केहि सामाजिक संजालमा लेखिएको मृत्युको खबरले श्रीमति र तीन छोरामा सन्नटा छायो । सम्झाउने कोहि भएनन् । चार आमाछोरा चिच्याएर रुने बाहेक अर्को बिकल्प नभएको श्रीमती बताउँछिन् । उनकै घरमा भाडा गरेर बस्नेहरुले दिनभर परिवार सम्हाले, चित्त बुझाउने उपाय भेटिएनन् । बरु अझै दु:खद खबर शेयर भए ।

‘मंगलबार दिउँसोबाटै समाचार र संजालले मेरो श्रीमानको राम्रो चिताएनन’, उनले भनिन्, ‘छोराहरुले मोवाइल हेरेरै दिन बिताए, राम्रो खबर आउँदा आँसु पुच्छौ, दुखद खबर आउँदा मुर्छा पर्छौ ।’ रातभर सुत्ने कुरै भएन । बुधबार बिहान साढे ९ बजेतिरबाट पुन: मृत्युका खबर आउन थाले । पत्याएका अनलाईन र टिभी सहित जिम्मेवार व्यक्तिकै स्टाटसमा मृत्यु र श्रद्धाञ्जलीका खबर देखेपछि परिवार अचेत जस्तै बने । सान्त्वना लिने उपाय थिएन्, दिने कोहि भएनन् । उनले बोली रोक्दै भनिन्, ‘मनले गतिलो सोच्ने कुरै भएन, चिच्याएर भन्थे, गाउँको वाहिवाही कमाएको मान्छेले मर्ने बेला मलामी पाउने भएन ।’ छोरा सम्हाल्ने की आफै ? पृथ्वी घुम्यो ।

पछि केहि मिडियाले मृत्युको खबर खण्डन गरे । तर मनले मानेन । अस्पतालले बिज्ञप्ती निकालेपछि उनले भनिन्, “आँसु रोकिए, सास आयो सर, आश पलायो” । घरबाट मोटरसाइकल चढेर गएका श्रीमानको यो अवस्था आयो । उपचार गरिरहेको ज्यूँदो मान्छेलाई दैनिक मार्ने संजाल र मिडियालाई कारबाही कसले गर्ने मलाई उनले प्रश्न गरिन् । केहि व्यक्ति र मिडियाका समाचार र स्टाटस स्क्रिन सट गरेकाले श्रीमान बाँचेर फर्के न्याय खोज्ने उनले बताइन् । परिस्थीतिले यो बेला कोहि आएर सान्त्वना दिने कुरा थिएन् । स्थानीय सरकारले समेत फोनबाट सान्त्वना नदिएको उनले गुनासो गरिन् ।

घरभाडामा बस्नेहरु परिवारको पीडा देखेर आफै समालिन सक्दैनन् । छोराहरुको २४ सै घण्टा मोवाइलको स्क्रिनमा आँखा छन् । स्क्रिनमा देखिएका स्टाटस र समाचारले आँखामा आँसु अडिदैनन्, घर भाडामा वस्ने एक व्यक्तिले बताए । बिरामी भएर घरबाट हिडेपछिनै परिवारको अगेनोमा आगो बलेको छैन् । घरनै सिल भएपछि घरभित्रै पानीको साहारामा प्राण धानेको कोठाभाडामा बस्नेले सुनाए । कोरोना संक्रमणको पुष्टि भएपछि पनि आफुसंग कुरा गर्ने संचारकर्मीहरुले बंग्याएर लेखिदिएको गुनासो उनको छ । श्रीमान बैठकमा नगएको, क्वारेन्टाइनमा बसेकाहरुलाई खाना पु¥याउन जाने गरेको लगायतका कुराहरु अतिरञ्जित बनाइएको बताइन् ।

पहिलो पटक स्वास्थ्य परिक्षण

संक्रमित व्यक्ति पहिलो पटक बैशाख २६ गते स्थानीय मदाने पोलिक्लिनीकमा स्वास्थ्य परिक्षण गर्न पुगे । त्यतिवेला उनलाई आलश्य धेरै भएकाले शरिरमा फूर्ति थिएन् । पोलिक्लिनीक प्रमुख बिष्णु भुसालले चेकजाँच गरे । शरिरमा ज्वारो नदेखिएको तर व्लड प्रेसर कम भएकाले सामान्य औषधी दिएर घर पठाए । बिमार निको भएन, २८ गते छोरालाई पोलिक्लिनीकमा पठाएर टाइफाइडको औषधी ल्याएर खाए । दुई दिन बिचार गरे निको भएन, बान्ता भयो । ३१ गते फेरि पोलिक्लिनीकमा पुगेर रगत परिक्षण गराए । त्यसमा किड्नीमा समस्या देखिएपछि अर्घाखाँचीको छाँया पोलिकिल्नीकसंग सम्पर्क गरेर थप उपचारको लागि पठाएको भुसालले बताए ।

बिरामी भएपनि मोटरसाइकल चलाएर उनी अर्घाखाँचीसम्म पुगे । भर्ना भएर उपचार सुरु भयो । तर परिक्षण गर्दा पनि समस्याहरु थपिदै गएकाले आइसियुमा राखेर उपचार गर्नुपर्ने भएपछि बुटवल क्रिमशन अस्पताल पठाएको मदाने पोलिक्लिनीका प्रमुख भुसालले बताए । बिरामीले ज्वारो आएको बताउने तर परिक्षण गर्दा त्यस्तो नदेखिएको र कोरोनाको अन्य कुनै लक्षण नभएकाले पनि छुट्टै व्यावस्थापन र परिक्षण नगरिएको उनले बताए । उनले एक्कासी कोरोना संक्रमणको पुष्टि भएपछि भिरबाट खसे जस्तो भएको बताए । त्यसपछि बुटवल…………..

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker