बिचार

माघेसक्राँन्ती रिडी मेला, बालापनको त्यो सम्झना

शेषु कोईराला
रिडीलाई स्याड़जा गुल्मी र पाल्पाको संगमस्थल मानीन्छ । रिडीको कुरा गर्दा पाल्पाको अर्गली र स्याड़जाको कारीकोट (कालीपार) लाई छोडीयो भने खासै शोभा आउदैन । म जन्मेको कालीपारमा हो अनी स्कुल शिक्षा पुरा गरेको अर्गली हाईस्कुलबाट । मलाई रिडीको मेलाले नछुने कुरै भएन । रिडीको मेलाले धेरै कुराको सम्झना दिलाउँछ वालापन को झझल्को दिन्छ । भलै धेरै बर्ष भईसक्यो म त्यो मेलाबाट टाढा भएको प्रत्यक्ष सहभागी हुने अवसर नजुरेको धेरै नै भयो । जीन्दगीका महत्वपुर्ण जीम्मेवारी सम्हाल्ने क्रममा म केही टाढा बस्नु र समय नमील्नुले चाहेर पनी जान मिलेको छैन तर भबीस्यमा पक्कै जाने नै छु ।

पहिले पहिले रिडीमा तिन दिन मेला लाग्थ्यो, अहिले पनि लाग्छ । हामी केटाकेटी हुँदा जेठी, माईली र कान्छी सक्राँन्ती भनेर नामांकरण गरिन्थ्यो सायद आज पनी भनीन्छ होला । हामी त्यो भेगका मानिसहरूलाई सक्राँन्तीमा रिडी मेला हेर्न जाने कुराले २/३ महीना अगाडी देखी नै बहसको रूप लिईन्थ्यो । स्कुल जाने क्रममा होस वा गाउँ टोलमा साथीहरूसंग यही बिषयमा छलफल भइराख्थ्यो । यहाँ मेलाको भन्दा पनी बुढापाकाहरूमा गण्डकी नुहाउने कुराले पनी महत्व पाउँछ । टाढा टाढाबाट तिर्थालु आउने गर्छन् ।

अहीले माघे सक्राँन्ती आउँदा त्यो वालापनको यादले निकै सताउने गर्छ । त्यो आमाको पछी लागेर रिडी गएको, तिन दिन नै रिडी जाने अनुमती लिनका लागी घरमा संघर्ष गरेको, आमाले रिडीमा हराउन सकीन्छ भन्दै हातमा समातेर हिँडाएको, बाबासंग रिडी जाने खर्च माग्दाको घुर्की जस्ता धेरै कुराले आज पनी माघे सक्राँन्ती मेलालाई “मिस” गरेको अनुभुती दिलाउँछ । गाउँमा मोटरबाटो थिएन त्यती बेला गाडीको नजीकै पुग्दापनी ठुलै सम्झीनु पर्थ्यो ।

एकपटकको सक्राँन्तीमा मेरो साथी माधब केसब कोईराला (हाल दुबई) हामी तिन जना सक्राँन्ती मेलामा गएका थियौ। फर्कने बेला ट्रकको पछाडी चढियो अर्गली सम्म आउनका लागी । अनी ट्रकको पछाडी धेरै जना चढेका थिए, झण्डै ५० जना त पक्कै थिए होलान् ।अनी स्टाफले भाडा माग्दै आए हामी भाडा दिन ईन्कार गर्यौ अनी हामीलाई कुँडापानीको उकालोमा गाडीबाट झारिदिए । कती पटक त गाडीको पछाडी झुण्डीएरै पनी अर्गली आईएको छ । रिडी मेलालाई मीस नगर्नै त्यो भेगका कमै मानीस होलान् । उसो त धेरै कुरा सिकाएको पनि छ रिडीको सक्राँन्ती मेलाले । कतीको प्रेम बसाएको छ भने कतीको छुटाएको पनि छ । सबै खाले अनुभवले मानसपटलमा रिडी मेला सधैं रहिरहेको छ ।

समय बित्दै जाँदा हरेक कुरालाई आफुले चाहँदा चाहँदै पनी छोड्नु पर्ने । अतीतको सानो सानो कुराले पनी कहिलेकाँही एक्लै हँसाईराखेको हुन्छ त कहीले भावुक बनाईराखेको हुन्छ । हरेक बर्ष आउने माघे सक्राँन्ती चाड र रिडीमेलाले मेरो त्यो वालापनलाई सधैं झस्काई रहन्छ । कहिले हँसाउछ कहिले भावुक बनाउँछ ।

माघे सक्राँन्तीको शुभकामना ।

हाल: दक्षिण कोरिया

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D