समाचार

महोत्सवमा आउँछु भनेर सुगम पोख्रेलले आयोजक र दर्शकलाई ढाँटे, लिन गएको गाडी रित्तै फर्कियो

अनिल खत्री
गुल्मी, २३ चैत्र । शुक्रवार गुल्मी महोत्सवमा सदरमुकाम तम्घास आउने भनेका सुगम पोखरेलले आयोजक र दर्शकलाई ढाँटेका छन् ।

महोत्सवको शुक्रवारको प्रस्तुति दिन काठमाडौबाट बुटवल हुँदै केराबारी सम्म आएर पुन बुटवलमा रहेर कार्यक्रममा धोका दिएको आयोजकले जनाएको छ । उनलाई कार्यक्रममा ल्याउन बुटवल गएको गाडी सम्पर्कमा नआएपछी फर्किएको आयोजकले जनाएको छ । कार्यक्रम नआएपछी आयोजकले अन्तिम समयमा आएर सम्पर्क बिहन भएर धोक दिएको जनाएका छन् ।

उता गुल्मीमा दुइवटा गाडी एक आपसमा ठोक्कीदा ७ जना घाइते भएका छन् । बुटवलतर्फबाट गुल्मीको सदरमुकाम तम्घासतर्फ आउँदै गरेको गायक राईको बा१२ज ४४४२ नम्बरको कारसँग लु१झ ३१३३ नम्वरको ट्याक्सी रेसुङ्गा नगरपालिका वडा नम्बर १३ को दुविचौरमा ठोक्किँदा ट्याक्सीमा सवार ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइते ७ जना मध्ये ३ जनाको पाल्पा उपचारको लागी पठाइएको छ । गम्भिर घाइतेहरु गुल्मी दरवार गाउँपालिका घर भएकी २४ वर्षिय गीत घर्ति, ३ वर्षका साहिर घर्ति र २३ वर्षका रामबहादुर कुँवर रहेको प्रहरीले जनाएके छ । अरु ४ जनाको जिल्ला अस्पताल गुल्मीमा सामान्य उपचार पछी घर फर्केको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

गाडी दुर्घटनामा तेस्रो गुल्मी महोत्सवको शनिवारको कार्यक्रमको लागी गुल्मी आउँदै गरेका गायक राजेश पायल रार्ई चढेको गाडी एक अपसमा ठोक्किएका थिए । गायक राईसाँगै गाएक खुम गौतम, पत्रकार परमानन्द खनाल सकुल रहेका छन् ।

राई शनिवारको प्रस्तुति दिन तम्घासको एक होटलमा आराम गरेर बसिरहेको आयोजकले जनाएको छ । उनी गायक राईको गाडीसँग अर्को गाडीले ठक्कर दिँद उनि चढेको गाडीमा क्षती भएको छ ।

गाडी ठोक्कीएर उनी घाइते भएको भन्दै समाचार आएको प्रति उनले आफु सकुशल रहेको बताएका छन् । उनि रहेको होलमा पुगेर बाणिज्य संघ गुल्मीको एक टोली स्वागत गर्दै उनि सामान्य रहेको बताएका छन् ।

गायक राईले शनिबार हुने गुल्मी महोत्सवको कार्यक्रममा तम्घासको चिदिचौरमा अफना पक्षका २० हजार वढी दर्शक आउने बताए । उनले आफु सकुल रहेकाले सबैलाई शनिवारको प्रस्तुतिमा रमाउन आउन आग्रह गरे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D