शिक्षा

महेन्द्र आदर्श माबिमा हिरक महोत्सबको तैयारी, एकै दिन १ करोड रुपैँया सहयोग कबोल

अनिश शर्मा गैरे
गुल्मी, २६ असोज । महेन्द्र आदर्श माबि वामीमा इन्जिनियरिङ्ग बिषयको पढाइ सञ्चालनमा आउने भएको छ । बिद्यालयले आफ्नो हीरक महोत्सबको अवसरमा आर्थिक संकलन गरी बिद्यालयमा इन्जिनियरीङ्ग सहितको प्राविधिक शिक्षा सञ्चालन गर्ने बताएको हो ।

हीरक महोत्सब र प्राविधिक शिक्षा सञ्चालन सम्बन्धमा आज मुसिकोट नगरपालिका तथा बिद्यालयका सरोकारवाला बिच भएको भेलाको अवसरमै १ करोड रुपैयाको आर्थिक रकम बिद्यालयको लागि बोल भएको छ ।

मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले नगरपालिकाको तर्फबाट ५० लाख रुपैया बिद्यालयको प्राविधिक शिक्षाको स्थापनाको लागि विनियोजन हुने बताए भने बिद्यालयका अध्यक्ष समेत रहेका समाजसेवी भुवन केसीले ५० लाख रुपैया दिने घोषणा गरे सँगै एक करोडको आर्थिक बोल भएको हो ।

बिद्यालयले महोत्सबको अवसरमा ५ करोड रकम संकलन गर्ने लक्ष्य राखेको छ । आफ्नो स्थापनाको ६० बर्ष पुगेको अवसरमा हीरक महोत्सब आयोजना गर्ने गरीन्छ । महेन्द्र आदर्श माबि २०१६ सालमा स्थापना भएको थियो ।

आज भएको भेला कार्यक्रममा बिद्यालयका अध्यक्ष भुवन केसीको अध्यक्षता रहेको थियो मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता, वडा नम्बर ७ का अध्यक्ष प्रकाश काफ्ले, वडा नम्बर ८ का अध्यक्ष नारायण सापकोटा, मुसिकोट नगरपालिका शिक्षा शाखा प्रमुख अमर केसी, श्रोत ब्यक्ति देविराम शर्मा, रुद्रावती बहुमुखी क्याम्पस वामीका प्रमुख रामु तिवारी लगायत स्थानीय समाजसेवी, बुद्धिजिवि, शिक्षा प्रेमीको उपस्थिती रहेको थियो । छलफल कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगरप्रमुख सोमनाथ सापकोटाले एउटा योजना बनाएर अगाडी बढेमा बिद्यालयले आँटेका कामहरु सम्पन्न गर्न अप्ठ्यारो नभएको बताए ।

‘सबैभन्दा पहिला एउटा दरिलो योजना बनाउँ’ नगरप्रमुख सापकोटाले भने ‘त्यसको लागि नगरपालिकाले सबै सहयोग गर्छ’ । उनले इन्जिनियरिँग सहितको प्राविधिक शिक्षा सञ्चालन गर्न सबै लाग्नुपर्नेमा जोड दिदै यदि बिद्यालय पढाइमा कुनै समस्या भए नगरपालिकै इन्जिनियर र ओभरसियरहरु समेत खटाएर केही पिरीयडहरु पढाउन सकिने बताए । तर प्राविधिक शिक्षा हालको युगले मागेको शिक्षा भएको कारण यो अभियानलाइ जसरी पनि सफल बनाउनुपर्नेमा उनको जोड छ ।

कार्यक्रममा वडाध्यक्षहरु प्रकाश काफ्ले, नारायण सापकोटा, शिक्षा शाखा प्रमुख अमर केसी, शिक्षक अभिभाबक संघका अध्यक्ष सुन्दर प्रधान, शारदा बिद्या मन्दिर माबिका प्रअ ज्ञानहरी सापकोटा, राजनीतिक दलको तर्फबाट नेकपाका गोपिकृष्ण खरेल, नेपाली काँग्रेसका झविलाल भण्डारी, बिद्यालयका पुर्वअध्यक्ष मोहनलाल श्रेष्ठ लगायतले बोलेका थिए भने बिद्यालयका प्रअ बुद्धि प्रसाद शर्माले स्वागत मन्तब्य राखेका थिए । सञ्चालन बिद्यालयका निमित्त प्रअ मृगेन्द्र प्रसाद रिजालले गरेका थिए ।

बिद्यालयले केही समय भित्रै बैठक बसी हीरक महोत्सबको मिति तय गर्ने र मुल समारोह समिति गठन गर्नै निर्णय गरेको छ ।

साथै मुनपाले आगामी कार्तिक ४ र ५ मा आयोजनना गरेको बौद्धिक सम्मेलनमा पनि मुख्य एजेन्डा बनाएर यस बिषयलाइ लैजाने पनि निर्णय गरीएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D