समाचार

मन्त्री सरहकै शान मेयरहरुको पनि, हेलिकप्टर चढेर कार्यक्रम उद्घाटन, गाउँप्रमुखद्धारा मासिक एक लाखको गाडी भाडा

गुल्मी, २४ साउन । स्थानिय गाउँ प्रमुख र नगर प्रमुखहरुको तामझामले स्थानिय विकासका लागि केन्द्रले पठाएको रकम जनप्रतिनिधीहरुकै शान–शौक पुरा गर्दैमा सकिने हो कि भन्ने संकेत देखिएको छ । गुल्मीका एक नगरपालिका र दुई गाउँपालिकामा प्रमुखहरुले मासिक एक लाख सम्म भाडा तिरेर गाडीमा सयल गरी रहेका छन भने छिमेकी जिल्ला वाग्लुङ्ग ढोरपाटिनका मेयर कार्यक्रम उद्घाटन गर्न समेत हेलिकप्टर चढेर हिड्न थालेका छन् ।

उनि मंगलवार ढोरपाटन स्थित उत्तरगंगा बनबुकी जलाधार मन्दिर संरक्षण तथा सम्वर्धन समितिले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्न आफुले विभिन्न व्यवसाय गर्ने स्थान पोखराबाट नाइन एन–एजिएनको प्रभु हेलिकप्टर हेलिकप्टर चढेर पुगेका हुन् । कार्यक्रम उद्घाटन गरी फर्किदै गर्दा इन्धन अभाव भए पछि आकष्मीक रुपमा वाग्लुङ्गको वरेङ्गमा अवतरण गरी पोखराबाट फेरी अर्को हेलिकप्टरमा ईन्धन मगाएर मेयर नेपाली पोखरा फर्केकाछन् ।

कार्यक्रमको लामो समय सम्म हेलिकप्टर अवतरण गरी रहँदा ईन्धन सकिएको वरेङ्ग स्थि रेडियो विहानीका स्टेशन म्यानेजर शेखर थापाले जानकारी पाएको बताए। मेयर नेपाली नेकपा एमालेबाट विजयी भएका हुन । मेयरको उमेदवारी माओवादी केन्द्रले नदिए पछि एमाले बनेर विजयी भएका उनको अथाह सम्पत्ती रहेकोले निजी खर्चमा आएको हुन सक्ने वा नगरपालिकाले त्यसको खर्च थेक्ने भन्ने वारे खुलेको छैन् ।
helicopter
यता गुल्मीमा नेकपा एमालेबाटै विजयी ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले मासिक एक लाखको गाडी भाडामा लिएर हिड्ने निर्णय गरिएको बताईएको छ । तर विष्टले यस्तो निर्णय गरिए पनि गाउँपालिका परिषदले पास गर्न बाँकी रहेको बताए । चुनाव ताका प्रयोग गरिएको उक्त गाडी अरु पालिकाले फिर्ता गरे पनि उनले त्यसैलाई निरन्तरता दिएका छन् । यता नेपाली कांग्रेसबाट विजयी गुल्मी दरवार गाउँपालिका प्रमुख अशोक कुमार थापाले पनि मासिक एक लाख भन्दा बढि रकमको गाडी भारामा लिएर हिड्ने निर्णय गरेको सो गाउँपालिकाले जनाएको छ । उनले पनि चुनावताकाकै गाडीलाई निरन्तरता दिएका हुन् ।

मुसिकोट गाउँपालिकामा पनि मेयर सोमनाथ सापकोटाले चुनावताकाकै एक लाख मासिक भाडा तिरेर गाडी चढिरहेका छन् । उनि पनि नेकपा एमालेबाट विजयी मेयर हुन् । २ नगर र १० गाउँपालिका मध्ये अन्य पालिकाहरुमा भने चुनावी व्यवस्थापनका लागि मात्र प्रयोग पाउने गरी निर्वाचन आयोगले सञ्चालन गर्न दिएका गाडीहरु तोकेकै मितिमा जनप्रतिनिधीहरुले फिर्ता गरी सकेका छन् । अन्य पालिकाका प्रमुख र अन्य जनप्रतिनिधीहरु गाउँपालिकामा आएको मोटर साईकल र नपाएको खण्डमा सार्वजानिक यातयातका साधानहरु प्रयोग गरिरहेका छन् । उता सत्यवती गाउँपालिका प्रमुख वेद थपा मगर पनि पुरै वडामा मोटर साईकल पनि नचढेर जनताको घर घरमा पुग्न रुचाएको कार्यकारी प्रमुख वावुराम पल्लीले बताए । धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल आफ्नो निजी मोटर साईकलमा उपप्रमुख शिवबहादुर खत्रीलाई जहाँ गए पनि संगै लिएर हिड्ने गरेका छन् ।

तस्वीर : आज देवकुमार नेपाली चढेर आएको हेलिकप्टरको

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker