समाचार

मजुवा स्थित हुग्दिखोलाको पुलमुनी झुण्डिएको अवस्थामा एक जनाको शव फेला

गुल्मी, भदौ १३ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा झुण्डिएको अवस्थामा एक जनाको शव फेला परेको छ । गाउँपालिकाको वार्ड नं ७ रुपाकोट र ८ तुराङलाई जोड्ने हुग्दीखोलाको पुलमुनि पहिचान नखुलेका एक जना पुरुषको शव फेला परेको हो ।

शुक्रबार दिउँसो कारीब ३ बजेतिर अन्दाजी ५० वर्षको जस्तो देखिने एक पुरुषको शव फेला परेको चन्द्रकोट गाउँपालिका वार्ड नं ८ की वडा सदस्य तथा मजुवाकी स्थानिय बासिन्दा रेणुका श्रीस मगरले जानकारी दिनुभयो । शवको दुबै खुट्टामा रगत बगेको देख्न सकिन्छ ।

चन्द्रकोट ७ का वडाध्यक्ष लक्ष्मी प्रसाद भण्डारीले पनि हुग्दीखोलाको पुल मुनी पहिचान नखुलेका पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको पुषटी गरे । साथै उनलाई चिन्नुहुने जो कसैले ९८५७०६४२४५ मा संपर्क गरेर जानकारी गराइदिनुहुन पनि अनुरोध गरे । यस सम्बन्धी जिल्ला प्रहरी कार्यालय तमघासको प्रहरी टोली आवश्यक अनुसन्धान गरिरहेको प्रहरीके जानकारी दिएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D