अपराध

भैँसी चाेरेकाे आराेपमा दुई जना पक्राउ

रासस
स्याङ्जा , फागुन ७ । भैँसी चोरी गरेको आरोपमा प्रहरीले भीरकोट नगरपालिका २ बलमडाँडा का २४ वर्षीय अजमत अलि र २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ । उनीहरुले ग१ज ५८४१ नम्बरको जीपमा भैँसी र पाडी लिएर बयरघारीतर्फ जाँदै गर्दा सोधपुछका क्रममा भैँसी किनेको ठाउँ खुलाउन नसकेपछि मङ्गलबार पक्राउ गरिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

भीरकोट नगरपालिकाका तेजबहादुर केसीको दुई वर्षको पाडी र भीरकोट २ की जमुना केसीको सात वर्षको लैनो भैँसी गोठबाटै चोरी भएको थियो । पीडित किसानले गोठबाटै भैँसी हराएको उजुरी दिएपछि प्रहरीले खोजी सुरु गरेकाे थियो । खाेजीकै क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तेजबहादुर केसी र जमुना केसीलाई भैँसी र पाडी देखाउँदा आफूहरुको भएको बताएको कार्यालयका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरञ्जन घिमिरेले जानकारी दिनुभयो । चोरी कार्यमा संलग्नलाई जिल्ला अदालतमा म्याद थपी अनुसन्धान थालिएको जनाएको छ । चोरी गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने भन्दै भीरकाेट नगरपालिकाका स्थानीय बासिन्दा वडा प्रहरी कार्यालय वालिङ पुगेका थिए । (रासस)

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker