समाचार

भिडियो रिपोर्ट: गोरे र प्रहरीका उच्च अधिकारीलाई जेलमा यसरी राखिएको छ

काठमाडौं । ३३ किलो सुन प्रकरणमा मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’लाई जिल्ला अदालत मोरङले पूर्पक्षको लागि थुनामा पठाएको छ । उनलाई जिल्ला कारागार मोरङ चलान गरिएको हो।

चार दिन लामो बन्द इजलासमा भएको बयानपछि आइतवार नै थुनछेक बहस भएको थियो। जिल्ला न्यायाधीवक्ता पुण्य पाठकले सरकारको पक्षमा र गोरेका पक्षमा वकिल यमबहादुर मगर बहस गरेका थिए। गोरेलाई सुन प्रकरण र सनम शाक्य हत्या अभियोगमा मंगलवार काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको थियो ।

सुन प्रकरण र हत्याको अभियोगमा जिल्ला अदालत मोरङले एसएसपी सहित २८ जनालाई पूर्पक्षका लागि थुनामा पठाइसकेको छ । न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले उनलाई थुना पठाउने आदेश दिएको हो ।

हेरौ गोरे र प्रहरीका उच्च अधिकारीलाई जेलमा कहाँ कसरी राखिएको छ, भिडियो रिपोर्ट:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D