समाचार

बेलायतमा गाडीको ठक्करबाट गुल्मीका पण्डित काफ्ले गम्भीर घाइते, एयर एम्बुलेन्सबाट अस्पताल पुर्याईयो

लन्डन, अगस्त १ । बेलायतको वुल्वीचमा भ्यानको ठक्करबाट एक नेपाली गम्भीर घाइते भएका छन् । पशुपतिनाथ मन्दिरमा पूजारीसमेत रहेका गुल्मीको वामी टक्सारका ६५ वर्षीय दधिराम काफ्लेको बाटो काट्नेक्रममा बिहान पौने ८ बजे भ्यानले ठक्कर दिएको लण्डन नेपाल न्युज डट कमले खबर छापेको छ ।

उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । काफ्ले विगत २० वर्षदेखि चाल्टनमा बस्दै आएका छन् । आर्सनल स्टेशन अगाडि मन्दिर पूजाका लागि हिड्दै गर्ने क्रममा विपरीत दिशाबाट भ्यानको ठक्करबाट काफ्ले घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

बेहोस भएका उनलाई उपचारका लागि एयर एम्बुलेन्सबाट अस्पताल लगिएको छ । काफ्लेको पछिल्लो अवस्थाबारे अस्पतालले केही बताएको छैन ।पशुपतिनाथ मन्दिरका अध्यक्ष नरेन्द्र कडेलका अनुसार उनको टाउँकोमा गम्भीर चोट लागेको छ । हामी अस्पतालमा सँगै छौं । उहाँसँग बोल्न भने पाइएको छैन उनले भने ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D