अपराध

बुबाले काट्ने धम्की दिएपछि यी बालकको बिचल्ली

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–८ डुङराका १३ वर्षीय रञ्जन भट्ट कक्षा ८ मा अध्ययन गर्छन् । तर, उनी आफ्नै बुबाबाट दिनरात पिटाइ खान विवश छन् । रञ्जन डेढ वर्षको छँदै उनका बाबु मनोज भट्ट प्रहरीको जागिर छोडेर घर बसे र उनकी आफ्नी श्रीमती (रञ्जनकी आमा) दीपालाई घरबाट निकाले ।

तर, छोरा रञ्जनलाई आफू सँगै राखे, रातदिन मदिरा सेवन गर्ने मनोजले केही वर्षअघि आफ्ना ८० वर्ष नाघेका आमाबुबालाई समेत घरबाट निकाले । हाल उनीहरू (रञ्जनका बाजेबज्यै) कञ्चनपुरमा अर्काको घरमा काम गरेर बसिरहेका छन् ।

२४सै घण्टा मदिराको नसामा रहने मनोजले छोरा रञ्जनलाई दिन प्रतिदिन पिट्छन् र खुकुरीले घाँटी रेटेर मार्ने धम्की दिइरहन्छन् । धेरैपटक गाउँलेले रञ्जनलाई बचाए तर उनका बाबुको बानीसँग सबै गाउँले डराउन थाले । छिमेकीको घरमा बस्दै आएका रञ्जनलाई छिमेकीकै घरमा गएर मार्ने भनी खुकुरी देखाएपछि गाउँले समेत त्रसित छन् ।

रञ्जनलाई गाउँका केही युवाले मंगलबार दशरथचन्द नगरपालिकामा पु¥याए । ‘केही सहयोग मिल्छ कि भनेर हामीले रञ्जनलाई नगरपािलकामा पु¥याएका हौं,’ स्थानीय तर्कराज भट्टले भने, ‘उनलाई गाउँमा बस्न निकै अप्ठ्यारो छ । यिनका बाले जतिबेला पनि मार्न सक्छन्, केही भर छैन ।’

दशरथचन्द नगरपालिकाको पहलमा रञ्जनलाई अब महिला तथा बालबालिका कार्यालयले सञ्चालन गरिरहेकोे सेफ हाउसमा राखिने भएको छ ।

बुबाबाट बचाउन उनलाई (असहाय सेवा केन्द्र) सेफ हाउसमा राख्ने र पाटनमै रहेको श्रीकृष्ण माध्यमिक विद्यालयमा पढाउने व्यवस्था मिलाएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन् । उनलाई बुधबार नै पाटनमा रहेको सेफ हाउसमा पु¥याएको उनले बताइन् ।

रञ्जनलाई केही समयका लागि सेफ हाउसमा राखिए पनि कक्षा ८ को परीक्षा दिएपछि उनलाई धनगढीमा रहेको एसोएस अनाथ आश्रममा राखिने महिला विकास अधिकृत अनिता बुढाएरले बताइन् । रञ्जनलाई जिल्ला बाल कल्याण कोषमा रहेको ५० हजार रकमबाट सहयोग प्रदान गर्न पहल गर्ने पनि बुढाएरले बताइन् ।

म १३ वर्षको भएँ । कक्षा ८ मा पढ्छु । जन्मेको २ वर्षसम्म घरमा बसें । त्यसपछि छिमेकी दाइसँग बस्दै आएको छु । बुबाले म डेढ वर्षको हुँदा जागिर छाडेका थिए रे । जागिर छोडेर घर आएपछि मेरो आमालाई घरबाट निकाले भन्ने सुनेको छु । आमाको अनुहार कस्तो छ, थाह छैन ।

बाजेबज्यैले मलाई हुर्काउँदै थिए, उनीहरूलाई पनि बाले घरबाट निकाले । पछि अर्को बिहे गरे । सानीआमाले मलाई माया गर्नुहुन्थ्यो, उहाँलाई पनि घरबाट निकालेको २ महिना बित्यो । अहिले त मलाई खुकुरीले काट्छु भन्छन् । म के गरूँ, कतै बुबाले देख्न नसक्ने ठाउँमा जान पाए हुन्थ्यो ।

नत्र मलाई बचाउँदैनन् दिनरात रोएर मात्रै बसेको छु । अरूका बुबाआमाले माया गरेको देख्दा आफ्नो पनि यस्तै भइदिएहुन्थ्यो भन्ने लाग्छ, मलाई आमाको सधैं याद आउँछ । अाजकाे राजधानी दैनिकबाट

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D