gulminews logo
बिहीबार, २०८१ बैशाख १३

बुढेसकालमा १६ वर्ष कान्छीसँग विवाह, नातिनातिना बने हजुरबाको जन्ती

गुल्मी, ९ बैशाख । ‘मन मिले विहेका लागि उमेर वाधक बन्दैन ।’ यहि उखानलाई चरितार्थ गर्दै गुल्मीका एक हजुरबाले आफूभन्दा १६ वर्ष कान्छी महिलालाई दुलही बनाएर भित्र्याएका छन् ।

यो पनि पढ्नुस्: सुहागरात मनाउँदै गर्दा “बहिनी” ले मेरो पेटमा ६ महिनाको गर्भ छ मलाई पनि स्विकार भन्न आएपछी……..

गुल्मीको मुसिकोट नगरपालिका–९ , अर्लाङ्गकोट पुर्खेयौली घर भई हाल पश्चिम नवलपरासीको गैँडाकोट नगरपालिका–४ झपर्दी वसाई सरी गएका ६१ वर्षीय नारायणप्रसाद सापकोटाले ४५ वर्षीया लक्ष्मी अर्यालसँग लगनगाँठो कसेका हुन् ।

आइतवार यो जोडीले हिन्दु परम्परा अनुसार विधिवत रुपमा विवाह गरेका गरेका छन् । अर्यालको माइती घर तनहुँको देवदह हो । सोमवार विहानैदेखि सापकोटा परिवारमा भोज भतेर सहित धुमधाम विवाहको रौनक जारी छ ।

अर्लाङ्गककोटबाट बसाई सरेर पाल्पाको तानसेन–१ मा बसोवास गरेका बेहुलाका कान्छा भाइ जयराम सापकोटा भन्छन्, ‘हामी सबै दाजुको विवाहमा गैडाकोट आएका छौं । एक बर्षअघि भाउजु खिमकलीको ५८ बर्षको उमेरमा मृत्यु भएकाले अर्को विवाह गर्नुपरेको हो ।’

उनका अनुसार बेहुला दाजुका एक छोरी, दुई छोरा र नातिनातिना पनि छन् । ‘विवाहको रमझममा उनै नातिनातिनका रमाएका छन् । बुढेसकालमा सहाराका लागि दाजुले हिजो विवाह गरेर भाउजु भित्र्याउनु भएकोमा हामी सबै खुशी छौं’ उनले भने ।
२०१५ साल पुस २२ गते जन्मिएका नारायणले मृत्यु भएकी श्रीमति खिमकलीलाई २०३४ सालमा विवाह गरेका थिए । हजुरवुवाको विवाहमा नातिनातिनाहरु रमाएर सहभागी भएका देखिन्छन् । छोराले बुहारी भित्र्याएकोमा खुशीले गद्गद् भएकी ८६ वर्षीय आमा हरिकला सापकोटाले विधि अनुरुप नै बुहारी भित्राएको बताइन् । -नयाँपेज डट कमबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D