प्रदेश समाचार

बुटवलमा दिन दाहडै बैकमा दुई लाख बढि रकम लुटियो

प्रेम सुनार
बुटवल, भदौ–१७ । केहि बेर अघि मात्र बुटवलको एभरेष्ट बैंकमा लुटपाट भएको छ । विपी चौकमा रहेको सो बैंकमा रकम जम्मा गर्न गएका एक व्यक्तिको आज बिहान १० बजेर ५ मिनेट जाँदा २ लाख २३ हजार रुपैयाँ रकम लुटिएको हो । बैंक भित्रैबाट रकम लुटिएको छ ।

नेपालगञ्ज रोडमा रहेको दुर्गा प्लास्टिक हाउस दिनेश ज्ञवालीको रकम लुटिएको हो । तीन जनाले बैंक भित्रबाटै रकम लुटेको बैंकको सिसिटीभी क्यामेरामा कैद भएको छ । लुटेरा को हुन र कहाँका हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D