समाचार

बुटवलमा खुल्यो कपडा बैंक, नि:शुल्क लेनदेन हुने

बुटवल, साउन १६ । प्रदेश न ५ को अस्थायी राजधानी बुटवलमा कपडा बैंक सन्चालनमा आएको छ । गोर्खाली युवा सशक्तीकरण सँस्थाले बुटवलको नयाँ बसपार्कमा कपडा बैक सन्चालनमा ल्याएको हो ।

“तपाईहरुले दिनुहोस साथ, उज्यालो गराउछौ हरेक गरिबको अँध्यारो रात” भन्ने मुल कुरालाई आत्मसात गर्दै बुटवलमा पनि कपडा बैंक खोलिएको सँस्थाले जानकारी दिएको छ ।

समाजमा रहेका आबस्यकता तथा निम्न बर्गका नागरिकहरुलाइ केही सम्म भए पनि सहयोग को महशुस र न्यानो इश्पर्स ल्याउने छ भन्ने उदेश्यले विहीबार विभिन्न सामाजिक ब्याक्तीत्व जनप्रतिनिधि सरसफाइ अभियान्ताहरुको उपस्थितमा यसको सुरवात गरिएको संयोजक अर्जुन खनालले जानकारी दिएका छन् ।

सँस्थाको अध्यक्ष भरत पुरिले यस कार्यमा सहयोग पुर्याउने सम्पूर्ण संघ सस्था र सहयोगीहरुलाई धन्यवाद दिए ।

कपडा बैंकमा पैसामा कारोबार हुँदैन, लेनदेन सित्तैमा हुन्छ । धेरै मान्छे छन् जसले एउटै लुगा वर्षौंसम्म लगाउने गर्दैनन्। नच्यातिएका र लगाउन मिल्ने लुगा पनि अलि पुरानो भएपछि फोहोरमा लगेर फालिरहेका हुन्छन्।

कतिलाई त पुराना कपडा व्‍यवस्थापन गर्न तनाव पनि भइरहेको हुन्छ । युवाहरूको यो अवधारणाले लाउन नपाएकाले कपडा पाउने र व्‍यवस्थापन गर्न चाहनेले तनाव लिनुनपर्ने भएको छ। बुटवलमा पनि कपडा बैंक खोलिएको काम देखेपछि बाटोमा हिँड्नेहरू दंग मानेर प्रशंसा गरिरहेका छन् ।

तपाईं पनि आफुले प्रयोग नगर्ने लुगाहरु कपडा बैंकलाई दान गर्न चहानुहुन्छ भने तल उल्लेखित नम्बरहरुमा संपर्क गर्न सक्नुहुनेछ:

भरत पुरी: 9851237873
भरत जंग छेत्री: 9811493808
केशब खनाल: 9867154472

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D