समाचार

बिभिन्न शिर्षकमा गुल्मीका सामुदायिक विद्यालयहरुलाई दुई करोड विनियोजन

हुमाकान्त पोखरेल
गुल्मी, पौष २७ । गुल्मीका विभिन्न सामुदायिक विद्यालयहरुलाई दुई करोड बजेट विनियोजन गरिएको छ । ५ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयबाट बजेट विनियोजन गरिएको हो । भवन निर्मार्ण, विज्ञान प्रयोगशाला निर्माण, कम्पाउण्ड वाल निर्माण, वाससहितको शौचालय निर्माण, खानेपानी लगायतका शिर्षकमा उक्त रकम विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

चारकोठे भवनअन्तरगत पाचँ विद्यालयलाई प्रति विद्यालय २०÷२० लाखका दरले एक करोड विनियोजन गरिएको सामाजिक विकास मन्त्री सुदर्शन बरालका स्वकिय सचिव यदु ज्ञवालीले जानकारी दिए । साथै उक्त रकममा २०÷२० लाख थप गरी चारकोठे भवनतर्फ नै ४० लाख पु¥र्याउने तयारी भइरहेको उनले बताए । रुरु गाउँपालिकाको ग्वादी मावि र नेपाल राष्ट्रिय मावि, थोर्गा, मालिका गाउँपालिकाको अर्जै मावि, मदाने गाउँपालिकाको दिपक मावि र मुसिकोट नगरपालिकाको खस्थोक माविलाई उक्त शिर्षकमा बजेट विनियोजन गरिएको छ ।

त्यसका साथै माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला निर्माणतर्फ छ वटा विद्यालयहरुलाई प्रति विद्यालय छ लाख ५० हजारका दरले ३९ लाख विनियोजन गरिएको छ । दरबार गाउँपालिकाको थाक्सी पोखरा मावि र रुन्खादह मावि, धुर्कोट गाउँपालिकाको पाञ्चायन मावि र गणेश मावि, सत्यवती गाउँपालिकाको सत्यवती मावि, र चन्द्रकोट गाउँपालिकाको शारदा माविलाई विज्ञान प्रयोगशाला निर्माणको लागि बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

जिल्लाका पाँच विद्यालयहरुलाई कम्पाउण्ड वाल निर्माणको लागि प्रति विद्यालय पाचँ÷पाचँ लाखका दरले २५ लाख विनियोजन गरिएको स्वकिय सचिव ज्ञवालीले बताए । जसमध्ये मदाने गाउँपालिकाको वालबोध प्रावि, सत्यवती गाउँपालिकाको चिदीपानी मावि र एक्सिङ मावि, मुसिकोट नगरपालिकाको जनजागृति मावि र रुरु गाउँपालिकाको जनज्योती प्रावि रहेका छन् ।

चार विद्यालयहरुलाई शैचालय निर्माणको लागि प्रति विद्यालय छ÷छ लाखका दरले कुल २४ लाख विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयका नायब सुब्बा कमल पन्थीले जानकारी दिए । छत्रकोट गाउँपालिकाको नेपाल राष्ट्रिय मावि, मदाने गाउँपालिकाको हर्रे प्रावि, रुरु गाउँपालिकाको ज्ञवा वलेटक्सार मावि र महेन्द्र विद्याबोध माविलाई बजेट प्रदान गरिएको ज्ञवालीले जानकारी दिए । त्यसैगरि दुई विद्यालयमा खानेपानीको लागि एक÷एक लाखका दरले दुई लाख विनियोजन गरिएको छ ।

इश्मा गाउँपालिकाको सरस्वती मावि र धुर्कोट गाउँपालिकाको दाद्रा प्राविलाई खानेपानीको लागि बजेट विनियोजन गरिएको नेकपा गुल्मीका प्रस्तावित सचिव बुद्धि जिसीले जानकारी दिए । जिल्लाका पाचँ विद्यालयहरुलाई मर्मत खर्चको लागि दुई÷दुई लाखका दरले कुल १० लाख विनियोजन गरिएको छ । रुरु गाउँपालिकाको हरी स्मृति निमावि र भुटुकुवा निमावि, रेसुङ्गा नगरपालिका भुवनपानीको जनसहयोग मावि, मालिका गाउँपालिका ३ को देविस्थान मावि र छत्रकोट गाउँपालिकाको गैरिखुट्टा प्राविलाई बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

बजेट विनयोजन गरिएका विद्यालहरुलाई आवश्यक कागजातसहित १५ दिन भित्र सम्झौताको लागि शिक्षा विकास निर्देशनालय, बुटबलमा सम्पर्क गर्न समेत निर्देशनालयले सुचना जारी गरेको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker