gulminews logo
आईतवार, २०७९ जेष्ठ १५

बाघको छाला सहित पक्राउ

दाङ, मंसिर ०६ । प्रहरीले बाघको छाला सहित २ जनालाई पक्राउ गरेको छ । दाङको घोराही उपमहानगरपालिका-१६ गडुवाबाट १ थान बाघको छाला ३१ बर्षिय युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ३१ वर्षीय महेश खडका समेत गरी २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.२ प २६६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ पर्ने अर्का एक जनाको भने प्रहरीले नाम खुलाएको छैन । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पनि पढ्नुस्

चन्द्रकोट गाउँपालिकाद्धारा स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषि सामाग्री वितरण

महेश बोहरागुल्मी, जेठ १३ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषकहरुलाई कृषि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D