समाचार

बाँदर कुर्नेलाई ६० हजार तलब

कालिकोट, असार ०८ । कालिकोट जिल्लाको महावै गाउँपालिका वडा नं ७ राम्निले बालि जोगाउन बाँदरको हेरालो राख्ने निर्णय गरेको छ । स्थानियले वषौदेखि बाँदरले बालि सखाप पारेको गुनासो गरेपछि वडा पालिकाले बार्षिक रुपमा ६० हजार रुपैँया रकम छुट्टाएर बाँदर हेरालो राख्ने निर्यण गरेको हो ।

यो पनि पढ्नुस्: बाँदरले सताएपछी बसाइँसराई, गाउँपालिकाले समस्या समाधान नगरे आन्दोलनको चेतावनी

स्थानियले वर्षे बालिका रुपमा लगाउने मकै, तरकारी र हिंउदेबालीका रुपमा लगाउने गंहु लगायतका बाली बाँदरले खाइदिने गरेपछि स्थानिय गुनासो गर्न वाध्य भएका हुन् । बाँदरले बाली सखाप पारेको भन्दै स्थानियले क्षतिपुर्तिको माग सहितको निबेदन वडापालिकामा पेश गरेकाले हेरालुका लागि रकम छुट्याएको वडा सचिव अक्कल बहादुर शाहिले बताए ।

‘महावै भित्रको वडा नं ७ राम्नि सवै भन्दा विकट क्षेत्र हो । यँहाका ६ सय घरधुरी कृर्षिमा मात्र निर्भर छन् ।’ वडा सचिव शाहीले भने, ‘वारिपारि बाक्लो जंगल भएकाले बाँदरवाट खेती जोगाउन मुस्किल पर्ने गरेको छ ।’ मासिक पाँच हजारका दरले एक जनालाई वार्षिक ६० हजार विनियोजन गरिएको उनले जानकारी दिए । ‘हामिले बाँदर भगाउन, बाली जोगाउन अभियान संचालन गरेका हौं ।’ उनले भने ।

खेतमा लगाएको बाली बाँदरले नै खाइदिँदा स्थानिय हाटबजारको चामल किनेर खान वाध्य भएको स्थानिय कृषक विसमित्र अधिकारी बताउँछन् ‘रातदिन नभनी पाखुरी बजाएर उत्पादन गरेको बाली पाक्ने वेलामा बाँदरले खाईदिँदा हामी मारमा परेका छौं ।’ उनले भने, ‘कतिपटक क्षतिपुर्तिका लागि निवेदन समेत दियौँ तर सुनुवाई भएन, यसपाली हेरालु राख्ने निर्णय भएकाले खुसी लागेको छ ।’ -बिश्वनाथ सिंखडा/राजधानी दैनिकबाट

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D