gulminews logo
बुधबार, २०८१ बैशाख १२

बाँदरले सताएपछी बसाइँसराई, गाउँपालिकाले समस्या समाधान नगरे आन्दोलनको चेतावनी

सन्तोष महतारा
गुल्मी, जेठ २७ । गुल्मीको मालिका गाउँपालिका २ दर्लिङ्ग वडा नं ५ को छापहिले र वडा नम्बर १ नेटाका किसान बाँदर आतंकबाट पीडित भएका छन् । खेतबारीमा लगाएको मकै तथा अन्य अन्तपात नष्ट गरेपछि किसानहरु समस्यामा परेको मालिका गाउँपालिका ५ छापहिलेका ठगिश्वर गिरीले बताए । बाँदरले खेत बारीमा लगाएको मकै, आलु, गहुँ तथा घरमै गएर पनि पुरानाे मकै खाने गरेको छ ।

बाँदरले मालिका ५ छापहिलेकाे लेडेमेला, लाँकुरी भेडिखेर, घैयाँछरे, भुस्कात, घर्नीमेला, साउनेपानी पल्लाखर्क, गाेठाक्ना, खाला तथा वडा नं २ दर्लिङ्गकाे चिलमिला, तल्लो चिलमिला, घाटा, अर्चाकाेबारी र वडा नम्बर १ काे नेटामा खन्नुखर्क, चाम्रे लगायतका स्थानमा खेतबारीको मकै नष्ट गरेको स्थानिय डाेरु गिरीले बताए ।

बाँदरले सानाे छँदा गुवा खाने, फल लागेसी भाँचेर खाने तथा घरमै स्याहारेको अन्नपात समेत खाने गरेको छ ।

दिउँसाेभर कृषकको मकै बारीमा समय बित्छ । छापहिले भुस्कातका डाेरु गिरी बाँदरले मकै खान्छ कि भन्ने डरमा वारि छाेड्दैनन् । तर यसाे घर आए मकै सकिदिन्छ । उनले भने “कतिखेर आउँछ थाहा हुदैन, खाना घरमा गएकाे बेला सखाप पारिदियाे ।”
याे समस्या अहिलेदेखिकाे हैन । म जान्ने भएदेखि बाँदर लेखेट्नै पर्छ । उनले भने “अहिले त गाउँमै सिंहदरबार भन्छन् , वडाले केही पहल गर्थ्याेँ कि !”

बाँदर कै कारण बसाइँसराइ
छापहिले भुस्कातमा बाँदरकै कारण अहिलेसम्म ७-८ घर नै बसाइँसराइ गरेको स्थानियहरु बताउँछन् । भुस्कात सानाे टाेल हाे । तर बसाइँसराइ गर्ने सङ्ख्या बढ्दो छ । “बर्ष भरी खेती गर्याे, केही छिनमा बाँदरले सखाप पारिदिने भएपछी बसाइँ सर्न वाध्य भए”, स्थानीय ठगिश्वर गिरीले भने, “बाँदरकै कारण उनिहरु बसाइँ सरि सहर पसे ।”

महिलाले बाँदर लखेट्न सक्दैनन्
एक हुलमा सयौँको संख्यामा बाँदरहरु आउँछन् । महिला र केटाकेटीले उनिहरुलाई लखेट्न सक्दैनन् । “बाँदरहरु हुल नै बनेर आउँछन्, लखेट्नै सकिँदैन”, स्थानीय नमिता महताराले भनिन्, “बाँदरले हामीलाई टेर्न त परै जाओस उस्तै परे आक्रमण नै गर्न पछी पर्दैनन् ।”

स्थानीय सरकारसंग माग
गाउँपालिकामा अहिलेसम्म लिखित रुपमा माग नराखेपनि जनप्रतिनिधिहरुसँग धेरै पटक माैखिक रुपमा बाँदर नियन्त्रण गर्न आग्रह गरिएको कृषक ठगिश्वर गिरीले बताए । तर गाउँपालिकाले सुनुवाइ नगरेकाे उनले बताए । कृषकहरूले अब पनि केही पहल नभए गाउँपालिकामा कृषक नै पुगेर धर्ना गर्ने बताए ।

दीर्घकालीन उपाय खाेजिरहेका छाैँ : गापा प्रमुख थापा
मालिका गाउँपालिका प्रमुख रित बहादुर थापाले बाँदरबाट कृषकहरू पीडित भएकाेले स्थायी व्यावस्थापनको बिपल्प खाेजिरहेकाे बताए । ‘बाँदरले कृषक पीडित भएका छन्, एकदिन लखेटेर भएन,’ उनले भने, ‘दिर्घकालिन व्यावस्थापनको उपाय खोजिरहेका छौ ।’

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D