समाचार

बसाइँसराईको चपेटामा गुल्मीको गुरुङ होमस्टे, गाउँ नै रित्तिने जोखिम

टोपलाल अर्याल
गुल्मी, ३२ जेठ । पुराना शैलीमा निमार्ण भएका घर । वरिपरि पहाडले घेरिएको समथर भु–भाग । बिचमा सानो बस्ती । मुसिकोट नगरपालिका ६ कुर्घाको स्वाँरा जिल्लाकै धेरै गुरुङ समुदाय भएको गाउँ हो । समुन्द्रि सतहवाट एक हजार पाँच सय २० मिटरको उचाईमा स्वाँरा गुरुङ गाउँ पर्छ । रिडी–रुद्रवेणी–वामी टक्सार सडकखण्ड अन्तरगत भुवाचिदीबाट ४५ मिनेटमा स्वाँरा पुग्न सकिन्छ ।

यो पनि पढ्नुस्: “पपुलर” बन्दै भार्सेको होमस्टे, गाउँमा पाहुना भित्र्याउन कस्सिए भार्सेली महिलाहरु

स्थानीयका अनुसार पहिले एक सय बढि घरपरिवार थिए । आँखा अगाडी नै गाउँ रित्तियो । दुई÷चार बर्ष अघिसम्म ७० घर परिवार बसोबास गर्ने स्वाँरामा अहिले ३१ घर परिवार मात्रै छन् । न्यानो आतिथ्यता र मनोरन्जनकै निम्ती त्यहाँ नपुगेका नेता र कार्यकर्ता सायदै कम होलान् । तर होमस्टे बचाउन गुरुङ समुदायलाई चुनौति देखिएको छ । रोजगारी र सेवा सुविधा खोज्दै शहर झर्ने साथै परदेश पस्नेको संख्या बढ्दै गएपछि जिल्लाकै पहिलो गुरुङ्ग होमस्टे संकटमा परेको स्थानीय धनु गुरुङ्गले बताइन् ।

गुरुङ्ग संस्कृति र संकार नै संकटमा

गुरुङ्गहरुको परम्परागत रितिरिवाज, भेषभुषा, भाषा, संस्कृति र पहिचान आफ्नै हुन्छन् । जिल्लामै आफ्नो भाषा बोल्ने गुरुङ्ग समुदाय स्वाँरामा छन् । तर पुरानो पुस्ताले धानेको भाषा र कला संस्कृति जोगिने संभावना कम रहेको छ । स्थानीय युवा कुल बहादुर गुरुङ्गले अहिलेका तन्नेरी पश्चिमा संस्कार र संकृतिको पछि लागेकाले आफ्नो पहिचान गुम्ने खतरा बढेको बताउँछन् । ‘आफुहरुसम्मले गुरुङ्ग भाषा र संस्कृति बुझेका छौ’, उनले भने, ‘नयाँ गाउँमै हुँदैनन्, वा सिक्दैनन् ।’ गाउँकै टीका गुरुङ्गले परिस्थतीले युवाहरुले घर छोड्नुपर्ने भएका कारण आफुहरुको पहिचान संकटमा परेको बताइन् । उनले एक जनाले मात्रै संस्कार र संस्कृति जोगाउन नसकिने भएकाले युवाहरु सक्रियता चाहिने बताइन् ।

यो पनि पढ्नुस्: भार्सेमा जिवितै छन् सोरठी र कृष्ण चरित्र: छन्तेल बालाई पिरलो, नयाँ पुस्तालाई कसरी हस्तान्तरण गर्ने?

होमस्टेकै विकासमा छौँ: मेयर सापकोटा

स्वाँरा गाउँमा विपन्न समुदाय धेरै छन् । उनीहरु रोजिरोटीकै लागि जिल्लाकै विभिन्न स्थानमा बसाईसर्ने क्रम जारी रहेको छ । त्यो बाहेक भौतिक सरचंना, सड्क बिस्तार, सुचना र संचारको हिसावले पछाडी परेकाले पनि होमस्टे ओझेलमा परेको छ । मुसिकोट नगरपालिका यो बिषयमा गम्भिर ढंगले लागेको मेयर सोमनाथ सापकोटाले बताए । उनले होमस्टेका प्रर्वद्धनकै लागि नगरपालिकाले सोलार वितरण, आयआर्जनमा टेवा पु¥याउन बाख्रा वितरण, होमस्टे संचालन भएका घरहरुको कोठा, चर्पी र बाथरुम मर्मत संभार लगायतको काममा सहयोग पुराएको बताए । मेयर सापकोटाले अव सवै घरमा एउटै रङ प्रयोग गर्ने, सडक बिस्तार तथा थप आयआर्जनको कार्यक्रम नगरपालिकाले प्राथमिकतामा राखेको बताए ।

स्थानीय उत्पादन र पञ्चेवाजा

समुहमा पर्यटक स्वाँरा पुगे पञ्चेबाजा बजाएर गुरुङ्ग सत्कार गरिन्छ । स्थानीय कोदोको ढिडो, सिस्नो, गुन्द्रुक, कुरिलो, आलु, पिडालु, गाउँमै उत्दपादन गरेको कोदोको रक्सी, लोकल कुखुरा र बोकाको मासु, फापर, मकै भट्मास, गहुँको ढिडो, लगायत गुरुङ्ग जातीका परम्परागत खानाका परिकार होमस्टेका बिशेषता रहेको होमस्टे सञ्चालक धनकुमारी गुरुङ्गले बताईन । राम्रो संग होमस्टे संचालन भए मात्रै घर खर्च चलाउन र वालवच्चा पढाउनका सकिने उनले बताइन । ‘बेला बखतमा मात्रै पाहुना आउँछन्, कहिले त महिनौ पाहुना आउँदैनन’, गुरुङ्गले भनिन, ‘कहिले त सामानको खर्च पनि आउँदैन ।’ थोरै पाहुनालाई पनि सवै परिकार बनाउनुपर्ने बाध्यता उनीहरुमा छ ।

प्रर्वद्धन गर्न सोलार वितरण

होमस्टे प्रर्वद्धन गर्न मुसिकोट नगरपालिका ६ को कुर्घामा सोलार वितरण गरिएको छ । मुसिकोट नगरपालिका र डिभिजन वन कार्यालय गुल्मीको आर्थिक सहयोगमा कुर्घाका ३१ घर परिवारले सोलार पाएका छन् । मुसिकोट नगरपालिकाले १० घर र डिभिजन बन कार्यालयले २१ घरमा सोलार सेट प्रदान गरेका छन् । होमस्टे संचालन समिति सचिव जित बहादुर गुरुङ्गले बत्ति गएको बेला टुकी खोज्नुपर्ने अवस्था हराएकोमा खुसी व्यक्त गरे । पटक–पटक लाइन जाँदा स्थानीयसंगै होमस्टे आउने पर्यटकलाई समेत समस्या हुने गरेको बताउँदै गुरुङ्गले त्यो समस्या समाधान भएकोमा अभार प्रकट गरे ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker