छिमेकका समाचार

बरेङ गाउँपालिकाका वडाबिच खेलकुद प्रतियोगिता हुने

केशबराज क्षेत्री
बरेङ, वैशाख ८ । बरेङ गाउँपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा अन्तर वडा स्तरीय पुरुष भलिबल, ब्याडमिन्टन र मा.वि. स्तरीय रास्ट्रपति कप रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ ।

बरेङ गाउँपालिकाको सहयोग र युवा तथा खेलकुद विकास समितिको आयोजनामा यहि वैशाख ११ गते बरेङ गाउँपालिका वडा नम्बर ४ सल्यान बागलुङमा गाउँपालिका भित्रका वडा हरु बिच मात्रै अन्तर वडा स्तरीय पुुरुष भलिबल, ब्याडमिन्टन खेल र मा.वि. स्तरीय रास्ट्रपति कप रनिङ सिल्ड प्रतियोगिताको आयोजना हुन लागेको हो ।

गाउँपालिकामा खेलकुद विकास गर्ने, अन्तर गाउँपालिका स्तरीय खेल खेल्नका लागि सक्षम बनाउने र उत्कृष्ट खेलाडि छनोट गरी क्षेत्रिय तथा राष्ट्रिय स्तरका खेलमा सहभागी गराइ यस गाउँपालिकालाई खेलकुदबाट परिचित बनाउनु र युवाहरुको व्यत्तित्व विकासका लागि सहयोग पुग्ने लक्ष्य लिइएको बरेङ गाउँपालिका युवा तथा खेलकुद विकास समितिका संयोजक नरबहादुर वि.क ले बताएका छन् ।

बरेङ गाउँपालिका ४ सल्यानमा सञ्चालन हुने प्रतियोगिता अन्र्तगत पुरुष भलिबल तर्फ बिजेताले नगद ३० हजार मेडल र प्रमाणपत्र, ब्याडमिन्टन तर्फ नगद १५ हजार मेडल र प्रमाणपत्र त्यस्तै मा.वि. स्तरीय रास्ट्रपति कप रनिङ सिल्ड प्रतियोगिता तर्फ पनि नगद १५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । मा.वि. स्तरीय रास्ट्रपति कप रनिङ सिल्ड प्रतियोगिता भने वैशाख १२ गते हुने जानकारी दिइएको छ ।
गाउँपालिकाका ५ वटा वडामा प्रत्येक वर्ष प्रत्येक वडा गरी खेल सञ्चालन गरिने छ । गत वर्ष बरेङ गाउँपालिका २ हुग्दिशिरमा भएको प्रतियोगितामा पुरुष भलिबल तर्फ हुग्दिशिर वडाले बिजेता हासिल गरेको थियो भने व्याडमिन्टन तर्फ धुल्लुबास्कोट वडाले जित हात पारेको वि.क. ले बताएका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D