निर्वाचन अप्डेट

फोटो फिचर: यसरी भैराछ गुल्मीमा मतगणना

हुमाकान्त पोखरेल
२२ मंसिर । मंसिर २१ गते भएको दोस्रो चरणको निर्वाचनअन्तरगत गुल्मीमा मतगणना जारी छ । दुई प्रतिनिधिसभाका लागि जिल्लामा दुई छुट्टाछुट्टै मतगणनास्थल कायम गरिएको छ । क्षेत्र नम्बर १ को लागि जिल्ला समन्वय समिति अगाडी रहेको जिल्ला प्राविधिक कार्यलयमा मतगणना भइरहेको छ ।
क्षेत्र नम्बर १ मा कालिगण्डगी गाउँपालिकाबाट मतगणना सुरु भएको हो । निर्वाचन क्षेत्र नम्बर २ को मत जिल्ला प्रशासन कार्यलयमा गणना भइरहेको छ । दुवै निर्वाचन क्षेत्रका मतगणना स्थलमा सिसि क्यामराको जडान गरिएको छ । केहिबेर अघि सुरु भएको मतगणनामा एक÷एक वटा वार्डको मत गनिनेछ । दिउसो १ बजेबाट मत गन्ने सहमति भएपनि केहि प्राविधिक समस्याका कारण २:४५ बाट मात्र सुरु गरिएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । २ प्रतिनिधिसभा र ४ प्रदेशसभा गरी ६ जनाको लागि ९ राजनीतिक दलबाट ५२ जनाको उम्मेद्धारी रहेको छ ।
हेरौँ पत्रकार हरी कुमार श्रेष्ठले खिच्नुभएका तस्बिरहरु:

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D