अपराध

फेसवुक लभ चक्कर: श्रीमान एअरपोर्ट ओर्लिनु र यता परपुरुषसंग श्रीमती समातिनु एकै साथ

प्रेम सुनार
गुल्मी, पौष ३ । गुल्मीको एक गाउँमा विदेशबाट श्रीमान विमानस्थलमा ओर्लिनु र यता घरमा श्रीमती परपुरुष बोलाए गाउँवासीबाट घरमै समातिनु एकै साथ भएको छ ।

फेसबुकबाट लभ चक्कर चलाएका तनुहुँ जिल्ला व्यास नगरपालिका–१० का प्रकाशकुमार जिसी नाम थर बताउने वास्तविक थर भने बिश्वकर्मा रहेका प्रकाश र गुल्मी वलिथुमकी विदेश श्रीमान भएकी एक महिला सँगै समातिएका हुन ।

प्रकाश र ति महिला गत ६ महिना देखि फेसबुकबाट लभ चक्करमा परेको बताईएको छ । तनहुँबाट ति महिलालाई भेट्न भनि आईतवार प्रकाश उनको घरमा आएको र भित्र पसेर अभत्र व्यवहार गर्न लागेको बेला स्थानिय युवाले समातेका थिए । गाउँवासीले निजलाई समातेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको र निजलाई हिरासतमा लिई अदालतमा मुद्धा दायर गरिएको सो कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिए ।

गाउँवासीले बिकलाई समातेर उनको मोवाईलमा रहेका फोन नम्वरहरुमा फोन गर्दा दर्जनौ महिलाहरुले उठाउने गरेको र आफुहरुलाई पनि लभ चक्करमा फेसवुकबाटै फसाउँदै आएको बताएको एक स्थानियले बताए ।

निजले महिलाहरुसंग लभ चक्कर चलाउने र लाखौं रकम महिलाहरुबाट ठग्ने गरेको उनको फेसबुकबाट खुलेको पनि वलिथुमका युवाहरु दाबी गरे । उनले धरान, झापा देखि विभिन्न जिल्लाका लाहुृरे र विदेश श्रीमान भएका महिला र युवतीहरु सहित पछिल्लो एक बर्ष मै १३ तोला सुन र ४ लाख रुपैयाँ हात पारी सकेको समेत कब्जा गरिएको मोवाईलबाट खुलेको बताईएको छ ।

वलिथुमकी ती महिलाले आफुलाई अभद्र ब्यवहार गरेको भन्दै उजुरी गरेपछि पक्राउ परेका बिक विरुद्ध थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक खड्काले बताए । ति महिलाका श्रीमान बैदेशिक रोजगारीबाट आईतवार नै त्रिभुवन बिमानस्थल हुँदै स्वदेश फर्केका हुन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D