gulminews logo
बिहीबार, २०८० चैत्र १५

फेसबुकबाट गर्लफ्रेण्डलाई निरन्तर ब्ल्याकमेल, फेसबुक लभले लियो गुल्मीमा एक युवतीको ज्यान

प्रेम सुनार
गुल्मी, चैत्र २ । गुल्मीमा ६ वर्षिया वालिका वलात्कारको घटना सेलाउन नपाउँदै फेरी अर्को जघन्य महिला हिंसा पछि एक युवती ज्यान हाल्न बाध्य भएकी छन् । लामो समय देखि प्रेमसम्वन्ध रहेको र विवाह गर्ने प्रलोभन देखाउँदै आएको बताईएका यहाँका एक युवाले आफु सित जोडेर हिजो दिउँसो तस्वीर राखेर वदनाम गराई दिएपछि गुल्मी सिमिचौरकी १९ वर्षिया युवती रोशनीले (नाम परिवर्तन) आफ्नो घरमै गलामा चुङ्गीको पासो लगाएर ज्यान फालेकी हुन् ।

रेसुङ्गा नगरपालिका वडा नम्वर १० सिमिचौर तोलाङ्ग निवासी रोशनीले सदरमुकाम तम्घासमै वसेर रेसुङ्गा बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्यान गर्दै आएकी थिईन् । उनलाई ज्यान हाल्न वाध्य गराउने सिमिचौर आँमडाँडा कल्लेरी गाउँका युवा दिपक पाण्डे भएको परिवारजनले आरोप लगाएका छन् ।

मृतकका दाजुले (नाम गोप्य राखिएको) निज पाण्डेलाई ईङ्गित गर्दै उनले वहिनीलाई फेसवुकमा ज्यान मार्ने सम्मको धम्की दिएको र हिजो मात्र वहिनीको नाममा फेसवुक आईडि बनाएर कभर फोटो वहिनीसंगै उनि आफु वसेको राखी बदनाम गरेको बताए । उनले आज त्यसवारे अनुसन्धान र छानविनका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा किटानी जाहेरी दिएका छन् ।

ज्यान दिन्छु भन्नेले नै ज्यान हाल्ने बनाए
सदरमुकाम तम्घासमा उनिसंगै कोठामा बस्दै आएकी उनकी साथी कमला गौतमले फोनमा पटकपटक दिपक पाण्डेले धम्काउन थाले पछि रोशनीले केहि दिन देखि फोन स्वीचअफ गरेर बसेकी थिईन । फोन स्वीच अफ गरेपछि साथीको फोन मार्फत हिजो आफु तम्घासकै कोठामा आउँछु भन्दै धम्काएका थिए । गौतमले भनिन्, “उनिहरु विच क्याम्पस पढ्न थाले देखि प्रेम सम्वन्ध थियो भन्ने मलाई थाह छ ।”
“फोनमा कहिले मिल्थे कहिले झगडा गर्दथे, कक्षा १२ को पढाई सोही क्याम्पसमा पढेर दिपक भेटेनरी प्राविधिक शिक्षा लिनका लागि अर्घाखाँची गएका थिए ।”, गौतमले भनिन्, “पढाई सकेर जागिर खाने र त्यस लगत्तै उनिहरु विच विवाह सम्वन्ध गर्ने कुरा भएको रोशनीले बताउँथिन् ।” उनले थपिन्, “हर कुरामा दिपकले जित्नै पर्ने । उनलाई हरेक दिन मोवाईलमा पैसा राखी दिनै पर्ने नराखे धम्काई हाल्ने त्यसबाट आजित थिईन रोशनी । हिँजो उ कोठामै आउँछु भनेपछि विहान ११ वजे उनि सिमिचौर घरमा गएकी हुन् ।”

गौतमले उनिहरुको सम्बन्ध र पछील्लो घटनाक्रम बारे थप यस्तो बताईन, “उनि कोठामा नरहेको थाहा पाए पछि दिपकले उनको नामका अगाडी मो राखेर उनको नाममा आईडी खोलेछ, जसको कभरमा उनिहरु दुई जना अंकमाल गरेको तस्वीर सवैले देख्दा चकित परियो ।” त्यसो त उसले रोशनीको त्यस आईडीमा पहिला पनि आफ्नो चेहरा ढाकेर रोशनीको चेहरा देखाउँदै सताउँदै आएको थियो । त्यो तस्वीर राखेको दुई तिन घण्टा नवित्दै त्यस्तो दुखद खवर सुन्नु प¥यो ।

विहे गर्छु् भन्नेलाई बेश्याको सज्ञा
उनि संंगै पढ्ने अर्की साथी पवित्रा पाण्डेको फेसबुक म्याजेन्जरमा दिपक पाण्डेले रोशनीलाई बेश्याको संज्ञा दिएर लेखेका छन् । उनले लेखेका छन् तेरी साथी रोशनी वेश्या रहिछ, उसलाई ज्युँदै जलाउँ छु जस्ता कुराहरु पनि पवित्रा पाण्डेको फेसबुक म्यासेन्जरमा लेखेका छन् । पवित्राले निजले प्रेमीका बनाएको नाममा पछिल्लो चरण रोशनीलाई दिपकले निकै ठुलो तनाव दिँदै दवावमा राख्दै आएको बताईन ।

यसरी सुरु भएको थियो उनिहरुको प्रेम सम्वन्ध
उनिहरु सिमिचौरको भगवती माध्यामिक विद्यालयमा पढ्दा देखि नै नजिकका साथी थिए । दिपक रोशनी भन्दा एक व्याज सिनियर थिए । तम्घास क्याम्पस पढ्न आउन थाले पछि उनिहरुको प्रेम सम्वन्ध फक्रिन थालेको उनका साथीहरु बताउँछन् ।

घर जाँदा आउँदा उनिहरु एक अर्कासंग छुटिदैनथे । कोठामा उनिहरु विच दैनिक विच विचमा गफ भैरहन्थ्यो । अर्घाखाँचीमा पढ्न कसिएका दिपक सामान्य परिवारको भएका कारण आर्थिक समस्याले गर्दा पैसा चाहियो कि रोशनीलाई भनि हाल्थे, उनको मोवाईल खर्च पनि रोशनीले नै पुराउने जानकारहरु बताउँछन् ।

आफुले सके सम्म रोशनीले त्यो खर्च पुराउँदै आएकी थिईन । पढुन सम्म त हो नि, म जागिरे भए पछि त कमाई तिमै् त हो नि जस्ता गफहरु पनि फोनमा चल्ने गरको रोशनीका नजिकका साथीहरु बताउँछन् ।

दिपक अर्घाखाँची गए पछि जति टाढा माया उति नजिक भने झै उनिहरुको प्रेम झन झाँङ्गिदै गएको थियो । पलपलको च्याट र फोन विना उनिहरु बाँच्नै नसक्ने भईसकेका थिए । तर पछिल्लो चरण दिपकको जिद्धिवानी, हरवखत खर्च पठाउन दवाव दिनुको तनावले फोन नै स्वीच अफ गर्न थालिन् रोशनीले ।

त्यसको रिसले चुर बनेका पाण्डेले उनिहरु संगै अंकमाल गरेको गोप्य तस्वीरलाई जोडिका रुपमा फेसबुकमा राखी दिए । अन्त्तत: त्यति लामो प्रेमको अन्त्य यति ठुलो घटनासंगै हुन पुगेको छ ।

साईवर आतंक विरुद्ध उत्रिन्छौंः अधिकारकर्मीं
यस घटनाको विषयलाई लिएर यहाँका अधिकारकर्मीहरु साईवर अपराध विरुद्ध कडा रुपले उत्रने चेतवानी दिएका छन् । अधिकारकर्मी त्यस क्याम्पसका विद्यार्थी र नागरिक समाज आज साईवर अपराधीलाई कडा भन्दा कडा कारवाहीको माग गर्न जिल्ला प्रहरी कार्यालयमा डेलिगेशन समेत गएका छन् ।

नेपाल मानव अधिकार संगठन गुल्मी जिल्ला अध्यक्ष तथा नेपाली कांग्रेसकी जिल्ला पार्टी सचिव विष्णुकुमारी सापकोटाले यस अघि पनि थुप्रै महिलाहरु पुरुषहरुको साईवर आतंकका कारण ज्यान गएको स्मरण गर्दै अव साईवर अपराधीको कार्वाहीका लागि कडा रुपमा उत्रने चेतवानी दिईन् ।

त्यस्तै नागरिक समाजक अध्यक्ष पदम पाण्डेले साईवर अपराधलाई नियन्त्रण गर्न संंबन्धित निकाएको ध्यान जान ढिलो भई सकेको बताए । साईवर आतंकबाट मानिसहरु कोही वदनामीको शिकार हुँदै आएका छन भने कोही यसरी ज्यान हाल्न बाध्य छन् ।

त्यस्ता विरुद्ध कडाईका लागि लाग्न संवन्धित निकायले ढिलाई गरेको छ, पाण्डेले भने यो क्रम बढ्दै जाँदा अरु थप त्यसबाट शिकार हुनेछन् । रेसुङ्गा क्याम्पस प्रमुख हरिबहादुर खत्रीले साईवर अपराधबाट जो जसरी शिकार भएमा अभिभावक वा साथीसंग भनेर संविन्धत निकायमा पुग्नु पर्ने तर यसरी ज्यान हाल्न नहुने सुझाव दिए ।

आरोपी पाण्डे पक्राउ
यो समाचार लेख्दा लेख्दै रोशनीमाथी साईवर अपराध गरेका आरोपी पाण्डेलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै छ ।
जिल्ला प्रहरी प्रमुख एसपी अनुराग द्धिवेदीले निजलाई पक्राउ गरी सकिएको जानकारी दिएका हुन् । माया प्रेम र आवेशले अन्ततः एउटीको ज्यान नै गयो भने अर्काको जिन्दगीमा अव गम्भीर असर पर्ने देखिएको छ ।
यो घटनाले पाण्डेले जागिर खाने र विवाह गर्ने सपना देखे देखाएका थिए भने रोशनीले उनि संगको सुन्दर भविश्यको सपनामा रमाउँदा रमाउँदै त्यो लाउँ-लाउँ खाउँ-खाउँ भन्ने उमेरमा ज्यानै गुमाउनु परेको छ । यस्ता घटनाबाट सबै जना सचेत हुनै पर्ने देखिन्छ ?

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D