gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

फेरी उम्मेदवार बन्न वडा सदस्य विश्वकर्माले दिए राजीनामा

गुल्मी, बैशाख ११ । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर २ का वडा सदस्य शेर बहादुर विश्वकर्माले राजीनामा दिएका छन् । बैशाख ३० हुने स्थानीय तहको निर्वाचन फेरी वडा सदस्यमा उम्मेदवार बन्नका लागि राजिनामा दिएको विश्वकर्माले बताए ।

आफ्नो कार्यकालको पाँच वर्षमा गरेका कार्यहरुलाई निरन्तरता दिन र आगामी नयाँ विकास निर्माणका लागि जनचाहना अनुसार पुन वडा नम्बर २ को वडा सदस्यमा उम्मेदवारी हुने भएपछि राजिनामा दिएको विश्वकर्माको भनाइ छ । विश्वकर्माले आफ्नो पदबाट नगरप्रमुख भुसाल समक्ष राजिनामा दिएका हुन् ।

वडाको शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक लगायतका क्षेत्रमा निरन्तर सुधारका कार्यहरु गरेको बताउँदै फेरी पनि जनभावना अनुसार पुनः वडा सदस्यमा उम्मेदवार बन्नका लागि राजिनामा दिएको विश्वकर्माले बताए । -रेडियो रेसुंगा

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D