समाचार

प्राविधिक शिक्षाले मात्र समाजलाई विकास र परिर्वतन गर्छ: पार्टी सचिव सापकोटा

कौरव खत्री
गुल्मी ७ फाल्गुन । गुल्मीको जनज्योति माध्यमिक विद्यालयले आयोजना गरेको धन धान्याञ्चल ज्ञानमहायज्ञको सातौ दिन पनि प्रवचन तथा सम्मानका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

सातौ दिनलाई सम्वोधन गदै प्रमुख अतिथि नेपाली कांग्रेस गुल्मीका सचिव बिष्णु कुमारी सापकोटाले प्राविधिक शिक्षाले मात्र समाजको विकास गर्ने परिवर्तन गर्ने बताइन ।

साथै महिला अधिकारकर्मी समेत रहेकी सापकोटाले बाचेर केहि कृति राख्न सबैलाई आग्रह गर्दै उनले भनिन्, “विद्यालयको लागि सबैले आफूसक्दो दान दिएर सहयोग गरिदिनुहोला ।”

साथै उनले अव शिक्षा व्यवहारिक र सीपयुक्क्त हुनु पर्ने बताउदै विद्यालयको शैक्षिक विकासका लागि आफूले सधै सहयोग गर्ने भन्दै विद्यालयले समय सान्दर्भिक शिक्षा तर्फ जोड दिन आग्रह गरिन् ।

सोही अवसरमा नेपाली कांग्रेस गुल्मीका पूर्व पार्टी सभापति शुरेशचन्द्र भूषाल, नेपाली कांग्रेस पूर्व जिल्ला सदस्य अनिशा केसी, नेपाली कांग्रेस महिला विभाग सदस्य कमला पन्थी, बसन्ती पन्थी, अनिता कुँवर, सदस्य सुमित्रा भण्डारी, भोमा खरेल, नेपाली कांग्रेस मुसिकोट नगरपालिकाका संयोजक शुर्दसन शाक्य, नगरपालिकाका छाँया सरकार संयोजक झविलाल भण्डारी, नेपाल पत्रकार महासंघ गुल्मीका सदस्य कौरव खत्री, महेन्द्र आर्दश माविका शिक्षक मिगेन्द्र रिजाल, विष्णु काफ्ले लगायत विभिन्न सघंसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मुसिकोट नगरपालिका १ पौदीअरेवामा रहेको जनज्योति माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ मार्फत हिरक महोत्सवको विद्यालयलाई आर्थिक सहयोग गर्नेहरुमा मुसिकोट नगरपालिका १ अरेवा निवासी बरिष्ठ समाजसेवी चन्दादाता तथा शिक्षाप्रेमी हवल्दार डालेश्वर भूषालले विद्यालयको लागि जग्गा सहित १५ लाख,१हजार,१रुपैया सहयोग दिएका छन् ।

यस्तै समाजसेवी मुनपा १ निवासी समाजसेवी पूर्णप्रसाद भूषाल तथा उनका भाइहरुबाट गरि रु.५ लाख,१हजार १सय,११ रुपैया, यस्तै सोही वडा अरेवा निवासी हाल अष्ट्रेलियामा रहेका समाजसेवी कृष्णप्रसाद चालिसेबाट रु.४लाख ५हजार ५सय,५५ र विद्यालयका शिक्षक ढाल बहादुर रायमाझीबाट रु.३ लाख २५हजार ५सय,५५ रुपैया समेत गरि हालसम्म विद्यालयको लागि करिव रु. ८० लाख संकलन भएको विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद आचार्यले जानकारी दिए ।

विद्यालयलाई अल्पकालिन रुपमा अंग्रेजी माध्यमको व्यवस्थापन गरि भावी दिनमा कक्षा १० सम्म अंग्रेजी माध्यमको कक्षा सञ्चालन गर्ने र माध्यमिक तहलाई दिगो रुपमा सञ्चालन गर्न र सबै कक्षाहरुमा कम्प्युटरमय शिक्षा गर्ने तथा दिर्घकालिन रुपमा विद्यालयको कक्षा वृद्धि गरि कक्षा १२ सम्म पु¥याउने र प्राविधिकमय शिक्षा सञ्चालन गर्ने उद्देश्य अनुरुप गत फाल्गुन १ गते देखि हिरक महोत्सव मार्फत श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ शुरु गरिएको सप्ताह ज्ञानमहायज्ञ फाल्गुन ९ गतेसम्म सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद आचार्यले जानकारी दिए ।

कार्यक्रम मुल महारोह समितिका संयोजक पूर्ण बहादुर हितानको अध्यक्षता तथा वरिष्ठ पत्रकार खेमराज रेग्मीले गरेका थिए ।

महायज्ञमा प्रमुख बाचक बालयोगेश्वर महाराज श्रीले मधुर कथा प्रवचन गरेका छन् भने कार्यक्रममा झाँकी भजनकिर्तन समेत प्रस्तुत गरिएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D