gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

प्रधानमन्त्री वामी आउने भएपछी कस्तो छ तैयारी ? सडकहरु धमाधम ग्राभेल गरिँदै, ठुला चन्दादातालाई हेलिकप्टरबाट मन्चमा लगिने

अनिश शर्मा गैरे
गुल्मी, फागुन ६ । महोत्सव सुरु हुने मिति नजिक नजिक आइरहँदा गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सार स्थित महेन्द्र आदर्श माबिमा यतिबेला चटारो निकै बढेको छ ।

आयोजकहरु महोत्सवलाइ भव्य र सभ्य रुपमा सम्पन्न गर्नको निम्ती खटिरहेका छन् । भौतिक व्यवस्थापनको काम देखी लिएर आर्थिक संकलन सम्मका कामहरु अगाडी बढीरहेका छन् ।
हाल सम्म करिब २ करोड ५० लाख रकम संकलन भईसकेको विद्यालयका शिक्षक तथा लेखा समितिका संयोजक डिल्लीराज खरेलले जानकारी दिए ।

बिद्यालयका अध्यक्ष भुवन केसीले हालसम्मकै सर्वाधिक राशिको सहयोग गरेका छन् । उनले ५५ लाख ५ सय ५५ रुपैया सहयोग प्रदान गरेका छन् ।
मुसिकोट नगरपालिकाले विद्यालयलाइ सहयोग गर्ने ५० लाख सहित गरी उक्त रकम संकलन भएको र फरक फरक ठाँउमा आर्थिक संकलन भइरहेको उनले बताए । महोत्सबको अवसर पारी विद्यालयमा इन्जिनीयरीङ्ग सहितको प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्धेश्यका साथ ५ करोड अर्थ संकलन गर्ने लक्ष्य राखीएको छ ।

जसको लागि अधिकतम जनशक्ति परिचालन गरीनुका साथै तयारीका हरेक उपायहरु अबलम्बन गरीएको छ ।

के के हुँदैछ तयारी?
महोत्सब लक्षित गरी विद्यालय भवन रँगरोगन तथा सिँगारपटारको काम पनि भइरहेको छ । विद्यालयका दुइ स्थानमै रहेका भवनहरुलाइ विभिन्न संकेतहरु सहित पेन्ट गर्ने र झलमल्ल गराउने काम भइरहेको हो ।

महोत्सबमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा आउनुहुने भएको छ । फाल्गुण १३ गते समुद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री आउने गरी उहाँले निमन्त्रण स्विकार गर्नुभएको मुल समारोह समितिका अध्यक्ष प्रकाश काफ्ले जानकारी दिए ।
प्रधानमन्त्रीको आगमनलाइ समेत लक्षित गरी बिद्यालयसँग जोडिएका सडकहरु ग्राभेलिङ्गको कार्य पनि सुरु भएकोछ । प्रधानमन्त्री रुद्रावती बहुमुखी क्याम्पसको मैदानमा हेलिकप्टर मार्फत अवतरण गर्नुहुनेछ ।

त्यसलगत्तै नगरपालिका सम्म जोडीएको सडक ग्राभेल गरीदै छ । त्यसैगरी वामी बसपार्क देखी बिद्यालय सम्म जोडिएको सडक पनि ग्राभेल गर्ने कार्य चलिरहेको छ । प्रधानमन्त्री नै आउने भएपछि यस महोत्सबलाइ जिल्ला प्रदेश देखी राष्ट्रको केन्द्र सम्मले नियालीरहेको छ । सबैको ध्यान यतै तर्फ परिरहेको छ ।

बिद्यालयले आयोजना गरेको श्रीमद्भभागवत धन–धान्याञ्चल सप्ताह ज्ञान महायज्ञको लागि अब मण्डप बनाउने, हवन कुण्ड बनाउने काम पनि सुरु भएको । सप्ताहब्यापी महायज्ञमा प्रमुख बाचक पण्डित कलमनयन गौतमले प्रवचन दिनुहुने छ । त्यसैगरी नेपालकै चर्चित भजन मण्डलीको भजन तथा झाँकी प्रदर्शन पनि हुने छ ।

बिद्यालयले यसरी तामझामका साथ आर्थिक संकलनको लक्ष्य सहित गर्न लागेको हीरक महोत्सब मार्फत आगामी आर्थिक बर्षदेखी बिद्यालयमा इन्जिनीयरीङ्ग सहितको प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्धेश्य राखीएको छ ।

प्राविधिक शिक्षा बिना अबको देश र समाजको बिकास पनि सम्भव नभएकाले अहिलेको शिक्षा अब्यवहारीक भएको भन्दै बिभिन्न क्षेत्रबाट आवाज उठीरहेको समयमा बिद्यालयले प्राविधिक शिक्षा सञ्चालनको निम्ती पहल थालेको हो । हालसम्म महोत्सब तथा महायज्ञको निम्ती मूल आयोजक समिति, कार्यकारीणि समिति, कार्य सम्पादन समिति र सल्लाहकार समिति गरी मुख्य ४ समिति र सो समितिहरुको मातहतमा रहने गरी अन्य ३३ वटा उपसमितिहरु गठन गरीएको छ ।

सो महायज्ञमा प्रमुख बाचकको रुपमा भागवत भाष्कर पण्डित श्री कमलनयन गौतमलाई चयन गरीएको छ । महोत्सबको प्रचार प्रसारको लागि स्वागत गेट बनाउने देखी लिएर निमन्त्रणा कार्ड साथै ब्रोसर, पम्प्लेट, होर्डिङ्ग बोर्ड, स्टीकरहरु तयार बितरण भइरहेका छन् ।

ठुला दातालाई हेलिकप्टरबाट मन्चमा ल्याईने

बिद्यालयलाइ ५५ लाख भन्दा माथि सहयोग गर्ने दातालाइ बिद्यालयको बाटीकामा दानवीर वा दानवीरले इच्छाएको ब्यक्तिको पुर्णकदको शालिक निर्माण गरिने जनाइएको छ ।

त्यसैगरी ४० लाख देखि ५५ लाख सम्म सहयोग गर्ने दाताको परिवारका ४ सदस्यलाइ हेलिकप्टरबाट नगरपरिक्रमा गराइ मञ्चमा ल्याइ सम्मान गर्ने, बिद्यालयमा दानवीर वा इच्छाएको ब्यक्तिको अर्धकदको शालिक निर्माण गरीने लगायतका सम्मान प्रदान गरीने बिद्यालयले जनाएको छ ।

१३ गते प्रधानमन्त्रीद्धारा उद्घाटन हुने कार्यक्रममा २० गतेसम्म चल्नेछ । हाल कक्षा १२ सम्म अध्ययन हुँदै आइरहेको बिद्यालयले छुट्टै भवनमा अँग्रेजी माध्यमको कक्षा पनि सञ्चालन गर्दै आइरहेको छ ।

निकट भविष्यमा प्राविधिक शिक्षा सञ्चालन गर्ने ध्येयका साथ यस बिद्यालयको सम्पुर्ण टिम तथा अन्य सरोकारवाला शिक्षाप्रेमी बिद्यालयप्रेमीहरु लागि परेका छन् । महोत्सब सम्पन्न गर्न गठन गरीएका विभिन्न समिति तथा उपसमितिहरु काममा खटिएका छन् ।

हेरौँ भिडियो रिपोर्ट:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D