समाचार

प्रदेश ५ मा मन्त्रिपरिषद विस्तार हुँदै, गुल्मीका सुदर्शन बरालको नाम पनि चर्चामा

२ चैत, बुटवल । प्रदेश ५ मा सरकार विस्तारको अन्तिम तयारी भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले आज वा भोलिसम्मा कम्तीमा ३ मन्त्री थप गरेर मन्त्रिपरिषद ६ सदस्यीय बनाउँदैछन् ।

एमालेका लिला गिरी (रुपन्देही) मन्त्री बन्ने करिब पक्का भएको एमाले स्रोतले जनाएको छ । त्यस्तै एमालेकै आरती पौडेल (बाँके) र विष्णु पन्थी (कपिलवस्तु) र माओवादीका सुदर्शन बराल (गुल्मी) र कृष्णा केसी (बाँके) को नाम पनि मन्त्रीको चर्चामा छ ।

गिरी रुपन्देहीको निर्वाचन क्षेत्र २ क बाट निर्बाचित प्रदेश सांसद हुन् भने पौडेल बाँके क्षेत्र नम्बर १ ख बाट निर्वाचित प्रदेश सांसद हुन् ।

यसअघि फागुन ३ गते मुख्य मन्त्रीसहित ३ जना सदस्यीय मन्त्रिपरिषद गठन भएको थियो ।

प्रदेश ५ को मुख्यमन्त्रीमा एमालेका स्थायी कमिटि सदस्य शंखर पोखरेल, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कुलप्रसाद केसी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा एमालेका बैजनाथ चौधरी छन् । चौधरी सरकारका प्रवक्ता पनि हुन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D